Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१० वर्षपछि इलामका पर्यटकीयस्थलमा बाक्लो हिमपात

१० वर्षपछि इलामका पर्यटकीयस्थलमा बाक्लो हिमपात

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ १९ २०७५


१० वर्षपछि इलामका पर्यटकीयस्थलमा बाक्लो हिमपात

इलाम ।  इलामका उत्तरी पर्यटकीयस्थलमा वर्ष १० वर्षपछिकै धेरै हिमपात भएको छ । सूर्योदय नगरपालिकाकाको वडा नम्बर १ को मानेभञ्ज्याङ्गदेखि ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरसम्म यो वर्ष पटक पटक हिमपात भएको हो । बाक्लो हिमपात हुने पूर्वी नेपालको इलामका उत्तरी क्षेत्र र पाँचथरसँग सीमा जोडिएको पौवाभञ्ज्याङ्ग क्षेत्रमा पनि विगत १० वर्षदेखि कमै मात्र हिमपात हुने गरेको थियो ।


इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा १० वर्ष अघि ५ फिटसम्म हिमतात हुने र लामो समयसम्म रहने गरेको थियो । स्थानीय होटल व्यवसायी पेमाडन्डु सेर्पा भन्छन्–‘ सन्दकपुरमा यो वर्ष लामो समयको फरकमा पटक पटक बाक्लो हिमपात भएकाले पर्यटकहरुको आवतजावत ठप्प हुँदै आएको थियो । सेर्पा भन्छन्– ७ वर्ष अघिसम्म महिनादिनसम्म हिमपात हुने गरेको सन्दकपुरमा पछिल्ला वर्षमा एक पटक मात्रै हिउँ पर्ने र असिना पर्ने गरेको थियो यस वर्ष मज्जाले हिउँ परेकाले हिमाली क्षेत्रका बासिन्दा खुशि छन् । इलामका उत्तरी क्षेत्रका डाँडाहरुमा हिउँदमा हिउँले ढाक्दा हिमालका चुचुराजस्तै देख्ने गरेको बताउने सूर्योदय नगरपालिका निवासी प्रविन तिमसिना भन्छन्–‘धेरै वर्षपछि मात्रै पुराना वर्षहरुको हिउँ देखिने एकुन्द्रो मेटियो ।’


सरकारले प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरेको सन्दकपुर क्षेत्रका अग्ला डाँडामा प्राय हरेक वर्ष बाक्लो हिउँ पर्दै आएकोमा कुनै वर्ष त बाक्लो असिना परेर टरेको थियो । उत्तरी पर्यटकीयस्थल जौबारी, तुम्लिङ्ग, लामिधुरा, मेघमा र कालपोखरीमा गत वर्ष बाक्लो असिना मात्रै परेको थियो । तर यो वर्ष यी क्षेत्रमा पनि पटक पटक हिउँ परेर स्थानीयमा हर्षित बनाएको छ । मंगलबार मात्रै यी क्षेत्रमा बाक्लो हिउँ परेको र पग्लन ३ दिनसम्म लाग्ने कालपोखरीका पर्यटन व्यवसायी पेम्बा सेर्पाले बताउनुयभो ।


इलामका हिमाली क्षेत्रमा मात्रै नभएर यो वर्ष २ मिटर तल क्षेत्रमा पनि हिउँ परेको थियो । इलाम नगरपालिका र देउमाई नगरपालिका क्षेत्रका रक्से, त्रिबेणि, राँके सडक खण्डमा बाक्लो हिउँ परेर सवारीसाधन नै चल्न सकेका थिएनन् । सडकमा हिउँ परेको खुसियालिमा सहरी क्षेत्रका युवा युवतीदेखि स्थानीय बुढापाका मज्जाले रमाएको इलाम नगरपालिकाका जनप्रतिनिध नुतनदेव दुलालले बताउनुभयो ।

जिल्लाको उत्तरी सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको माईपोखरी देउरालीमा २५ वर्षपछि हिउँ परेको थियो । यस्तै माईजोगमाई गाउँपालिकाको नयाँबजारमा २० वर्षकै अन्तरालमा हिउँ परेको थियो । त्यस्तै सूर्योदय नगरपालिकाकाको वडा नम्बर २ स्थित पशुपतिनगर, सुकिया, र १ को मानेभञ्ज्याङ्ग क्षेत्रमा लामो अन्तरालपछि हिउँ परेको पशुपतिनगरका स्थानीयबासी प्रमोद राईले बताउनुभयो । देउमाई नगरपालिकाको जितपूरमा क्षेत्रमा पनि एक सय वर्षपछि हिउ परेको थियो ।


हिउ परेपछि इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा किसानमा खुसियालि छाएको थियो । हिउँले सेताम्मे हुने गरेपनि हिमाली र उच्च पहाडी क्षेत्रका डाँडामा हिउँदमा लामो समयसम्म गरेपनि पछिल्लो १० वर्षमा कमै मात्रै देखिन्थे । सन्दकपुर गाउँपालिकाका अध्यक्ष यदय राईले भन्नुभयो–‘यस वर्ष राम्रोसँग हिउँ परेकाले किसानहरु खुशि छन् ।’ हिउँ नपर्दा जलबायु परिवर्तनका कारणको असर भनिएपनि यो वर्षको हिमपातले वातावरण सुध्रदै गएको मानिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार