इलाम । सरकार गठन हुँदा बैंक नभएर समस्या भोग्दै आएका इलामका स्थानीय सरकारलाई बैंकका शाखा गाउँमै पुगेपछि काममा सहज भएको छ । स्थानीय तहमा वैंक नहुदा सदमरमुकाम धाउनुपर्ने समस्या गाउँमै ‘क’ वर्गका बैंकका शाखा खुलेपछि समस्या हटेको हो । सदरमुकाम लगायत केहि बजार क्षेत्रमा नीजि र सरकारी वैंकले सेवा दिए पनि ग्रामिण क्षेत्रका स्थानीय तहमा यस अघि वैंक पुग्न सकेका थिएनन् । स्थानीय तहको निर्वाचन पछि जिल्लाका पश्चिमी, उत्तरी र दक्षिणी क्षेत्रका स्थानीय तहहरुमा कुनै पनि वैंकका शाखा थिएनन् । तर अहिले सबै स्थानीय तहमा धमाधम बैंकका शाखा खुलेका छन् ।
जिल्लाको उत्तर पुर्वी माईजोगमाई गाउँपालिकामा पनि सिभल बैंक खुलेपछि काममा सहज भएको छ । गाउँपालिकाको सबै काम इलामको नेपाल बैंकबाट गर्दै आएको गाउँपालिकाले सिभलि बैंक खुलेसँगै त्यही बैंकबाट शुरु गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताउनुभयो । गाउँपालिकाको केन्द्रमै बैंक खुलेपछि सानो कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बस्नेतले जानकारी दिनुभयो ।
बैंक खुलेपछि नभएकाले कामकाजका लागि सदरमकाम धाउनु पर्ने वाध्यता हटेको रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईले बताउनुभयो । स्थानीय तहको निर्वाचन लगत्तै केहि निजी वैंकले आफूलाई पायक पर्ने स्थानमा वैंक खोल्न पहल थालेसँगै बैकका शाखा थपिने क्रम बढ्दै गएको हो ।
इलाम, सूर्योदय र देउमाई नगरपालिकामा निजि तथा सरकारी बैंकका शाखाहरु दर्जन बढिको हाराहारीमा स्थापित छन् । यी क्षेत्रमा अझै पनि नया“ वैंक खुल्ने क्रम रोकिएको छैन । ग्रामिण क्षेत्रको रोङ गाउँपालिकामा मेघा बैंकको शाखा खुलेपछि गाउँपालिकाले सूर्योदय नगरपालिकाको फिक्कल धाउनुपर्ने समस्या हटेको छ । राष्ट्र वैंकले सवै स्थानीय तहमा अनिवार्य वैंक खोल्नु पर्ने व्यवस्था गरेपछि इलामको दक्षिणि गाउँपालिका चुलाचुलीमा नेपाल बंगलादेश बैंकको शाखा खुलेको छ भने माई नगरपालिकामा सामिना बैंकको शाखा खुलेपछि सरकारी कारोबार हुँदै आएको छ । अधिकांश कारोवार वैंक मार्फत गर्नुपर्ने भएका कारण सर्वसाधारण कर्मचारी र जनप्रतिनिधिलाई बैंक खुलेपछि धेरै सहज भएको माई नगरपालिकाका मेयर देपक थेवेले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनपछि धेरै सेवाहरु गाउ“मा आएपनि कारोबारका लागी सदरमुकाम लगायतका वैंकको शाखा खुलेसँगै सहज भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । सन्दकपुर गाउँपालिकामा प्रभु बैंकका शाखा ६ महिना अघि स्थापना भई कारोबार शुरु भएको छ । गाउँमै बैंक खुलेपछि आर्थिक कारोबारका लागि पनि सहज भएको छ ।
जिल्लाकै विकट मानिने यो गाउ“पालिकामा ठूलो बजार क्षेत्र नभएको माङ्सेबुङ्ग गाउँपालिकामा निजी बैंकहरुले शाखा खोल्ने तयारी गरिरहेका छन् । ग्रामीण क्षेत्रका अधिकासं नागरिक र सरकारी कार्यालयले आर्थिक कारोबार गर्न सदरमुकाम र सहरी क्षेत्र जानुपर्ने बाध्यता गाउँमै बैंक खुलेपछि हट्दै गएको छ ।
ठूलो संख्यामा वैदेशिक रोजगारीमा ग्रामिण क्षेत्रका बासिन्दा जाने र नगदेवाली उत्पादनवाट पनि आयस्तर धेरै भएका गाउ“का बासिन्दालाई बैंकको खुलेपछि सहज भएको हो । विदेशवाट पठाएको पैशा लिनस“गै अधिकांश वैकिङ कारोवार गर्न टाढा धाउनु पर्ने बाध्यता हटेपछि सहज भएको सूर्योदय नगर उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले बताउनुभयो । इलाम सदरमुकाम र बजार क्षेत्रमा भने नेपाल वैंक, वाणिज्य वैंक र कृषि विकास वैंकसहित आधा दर्जन नीजि वैंकले सेवा दिदै आएका छन् ।