Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा.केसीको उपचारमा इलाम आउदै गरेको बिशेषज्ञ टोली फकाईयो

डा.केसीको उपचारमा इलाम आउदै गरेको बिशेषज्ञ टोली फकाईयो

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १ २०७५


डा.केसीको उपचारमा इलाम आउदै गरेको बिशेषज्ञ टोली फकाईयो

इलाम ।  बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इलाम आउदै गरेको बिशेषज्ञ टोलीलाई दिउँसो बीच बाटैबाट फर्काइएको छ ।

प्रतिष्ठानले बिशेषज्ञ टोली फर्किनुको कारण केही नबताए पनि गृह मन्त्रालयको निर्देशनमा फर्किएको स्रोतले जनाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयले डा.केसीको आन्दोलनमा सहयोग पुर्याउन गएको भन्ने बुझाई भएर प्रतिष्ठानलाई सो टोली फर्काउन दबाब दिएको थियो । त्यसैले उपकुलपति डा.राजकुमार रौनियारले विदाई गरेर इलाम हिडिसकेको टोली बीचबाटै फर्किएको हो । ‘उपचारको वहानामा डा.केसीको आन्दोलनमा सहयोग गर्न गएको भन्ने भ्रम परेछ, त्यसैले गृहबाट दबाब परेर बिशेषज्ञ टोली फर्किएको हो,’स्रोतले भन्यो । डा.केसीको आन्दोलन चर्काउन धरानबाट डाक्टरहरुको टिम आउदैछ भन्ने भ्रमले गृहको निर्देशनमा अहिले इलाम अस्पतालमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले प्रतिष्ठानका कोही पनि बिशेषज्ञ टोली फर्किनुको कारणबारे बताउन चाहदैनन् । ‘डाक्टर, सामग्रीहरु सबै स्टेण्डबाई छ, निर्देशन आएपछि हाम्रो टोली हिडिहाल्छ,’उपकुलपति डा.रौनियारले भने,‘यहाँबाट गएको छैन, तयार अवस्थामा छ ।’ उनले बिशेषज्ञ टोली प्रतिष्ठानबाट दिउँसो नहिडेको बताए पनि इलाम अस्पतालमा इन्टर्न गरिरहेका एक विद्यार्थीले भने उक्त टोली बीच बाटोबाट फर्किएको पुष्टि गरे । ‘उहाँहरु इलाम आउदै हुनुहुन्थ्यो, बीचबाटै फर्किनु भयो । माथिबाट दबाब परेर फर्किनु भयो,’इन्र्टन प्रतिक रोयले भने । उनका अनुसार इलाम अस्पतालमा सुरक्षाकर्मीको बाक्लो भिड छ । सशस्त्र र डिएसपी सरहरु पनि अस्पतालमा आउने जाने चलिरहेको छ । ‘डा.केसीको स्वास्थ्य राती भन्दा विहान सुधार आयो । डा.केसीको उपचारमा सहयोग गर्न एसिस्टेन्ट डाइरेक्टर डा.विकास साहको नेतत्वमा ६ जना चिकित्सक एवं नर्ससहितको टोली धरानबाट इलाम प्रस्थान गरेका थिए । टोलीमा मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियोलोजी डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियु नर्स निर्मला बस्नेत पनि थिइन् ।

डा केसीको स्वास्थ्यस्थिति नाजुक

चिकित्सा क्षेत्रको सुधारका माग सहित १६औँ सत्याग्रहको रुपमा इलाममा अनसन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बन्दै गएको छ । उनको अवस्था एकदमै कमजोर बन्दै गएका कारण सुविधासम्पन्न अस्पतालमा आइसीयमा राख्न आवश्यक भएको इलाम अस्पतालले जनाएको छ । अस्पतालका डाक्टरहरुका अनुसार इलाम अस्पतालमै राखिरहँदा डा केसीको अवस्थाले कुनै पनि बेला दुर्घटना हुनसक्ने देखिएकाले बाहिर लानुपर्ने आवश्यकता रहेको छ । केसीलाई स्वास्थ्य समस्या देखिएपछि सोमबार बिहानमात्र साविकको अनसनस्थल इलाम सदरमुकामकै फुलगाछीबाट इलाम अस्पतालमा सारिएको थियो । अस्पतालमा सारिएपनि डा केसीले स्लाइन दिनसमेत मानेका छैनन् ।

उनले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आपूmसँग १५औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति कार्यान्वयन गर्नु पर्ने सहितका ६ बुँदे माग राखेर इलाममा यो पटकको सत्याग्रह शुरु गरेका हुन् । डा. केसीको अनसन सातौ दिन पुग्दा पनि सरकार मौन रहेको केसीका सर्मथकले जनाएका छन् । कपुरी न्यूजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार