इलाम। १६ औ सत्याग्रहमा रहनु भएका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भए पछि आज बिहानबाट जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।
१६औँ अनसनको छैटौँ दिन आज सम्ममा डा केसीको स्वास्थ्यस्थिति गम्भिर बन्दै गएपछि उहाँलाई १० बजेबाट जिल्ला अस्पताल इलाममा भर्ना गरिएको हो ।

डा केसीको रक्तचाप बढनुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति अनियमित भएर सिथिल भएपछि उहालाई अस्पताल भर्ना गरिएको डा केसीका बार्ता टोली सदस्य अधिबत्ता डा सुरेन्द्र भण्डारीले बताउनुभयो ।

अस्पताल भर्ना गरिए पनि डा केसीले औषधी भने नलिने हुनु भएको छ । वार्ताटोलि सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताउनुभयो ।

डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्ने सहितका ६ बुँदे माग राखेर इलाममा गत २५ गते दखि १६औँ सत्याग्रहमा हुनुहुन्छ । डा केसीको सर्मथनमा इलाममा दैनिक रयाली र प्रर्दशन भैरहेका छन् ।