Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

डा केसीको स्वास्थ्य अवस्था बिग्रदै, केसीको समर्थनमा र्‍याली र कोणसभा

डा केसीको स्वास्थ्य अवस्था बिग्रदै, केसीको समर्थनमा र्‍याली र कोणसभा

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २९ २०७५


डा केसीको स्वास्थ्य अवस्था बिग्रदै, केसीको समर्थनमा र्‍याली र कोणसभा

इलाम ।  १६ औं सत्याग्रहमा रहेका डा।गोविन्द केसी सत्याग्रहको चौथो दिन शनिबार सम्म आइपुग्दा उठेर बस्नसमेत नसकेका चिकित्सकले बताएका छन्। शनिबार बिहान डा केसीको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रामकृष्ण आचार्यका अनुसार शनिबारदेखि डा केसीलाई मिडियालगायत अरू कसैसँग गफगाफ गर्न दिइएको छैन। ‘हिजोसम्म डा केसी विभिन्न व्यक्तिहरूसँग गफगाफ गर्न सक्नुहुन्थ्यो,’ चिकित्सक आचार्यले शनिबार भने, ‘आजदेखि संक्रमणको खतरा हुनसक्ने भएकाले उहाँको नजिक जान मिल्दैन र उहाँलाई बोल्न गाह्रो भएको छ।’

भुइँमा बसेका डाकेसीलाई अहिले खाटमाथि राखिएको छ। केसीको रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको उनले बताए। ‘उहाँको रोगसँग लड्ने क्षमता कम भएको छ,’ आचार्यले भने, ‘ग्लुकोज घटेर शरीर शिथिल भएकाले उहाँ ठूलो स्वरले बोल्दासमेत पसिना आउन थालेपछि बोल्न कम गरिएको छ।’ ग्लुकोज घटेपछि शरीरले थोरै मात्र बल लगाएर गर्नुपर्ने काम गर्न पनि नसक्ने चिकित्सक आचार्यको भनाइ छ। १६ औं सत्याग्रहमा रहेको चौथो दिनसम्म पनि सरकार र संसद्को ध्यानाकर्षण हुन सकेको छैन। अहिलेसम्म केसी र उनको अभियानका अभियन्ता कसैलाई पनि सरकार पक्ष र संसदीय समितिका पदाधिकारीलगायत कसैले सम्पर्क गरेका छैनन्।

‘म जति दिन बस्नुपर्ने हो, त्यति दिनसम्म सत्याग्रहमा रहन सक्छु, डगमगाउने छैन,’ डा केसीको भनाइ उद्धृत गर्दै अभियन्ता धर्म गौतमले भने, ‘अहिलेसम्म सरकारी पक्षबाट कसैले उहाँलाई सत्याग्रहबारे सोधेकोसम्म छैन। सबै चुप छन्।’ डाकेसी आफ्ना मागप्रति प्रतिबद्ध रहेको र जुनसुकै हालतमा पनि पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन दबाब दिने अडानमा रहेको गौतमले बताए। ‘संसदीय समितिले विधेयक पारित गरेयता सरकार र संसदीय तहमा जे भइरहेको छ, त्यसबारे डा।केसीले विभिन्न माध्यमबाट सूचना लिइरहनुभएको छ। तर, उहाँलाई सत्याग्रहबाट वार्तामा आउन वा माग पूरा गर्नेगरी कसैले सम्पर्क गरेको छैन,’ गौतमले भने, ‘माग पूरा हुने पूरा विश्वासका साथ डा केसीले सत्याग्रह जारी राख्नुभएको छ।

केसीको समर्थनमा र्‍याली र कोणसभा
डा के सी को अभियानमा समर्थन जनाउँदै शनिबार पनि इलामबासीले र्‍याली र कोणसभा गरे। डा।केसीको सत्याग्रहस्थल फूलगाछीबाट चोकबजार हुँदै मालापथ भएर र्‍याली पुनः चोक बजार पुगेको थियो। चोकबजारमा आयोजित कोणसभामा सम्बोधन गर्दै पत्रकार केदार शर्माले डा केसीले उठाएका माग पूरा गराउन नागरिक खबरदारी र दबाब आवश्यक रहेको बताए। ‘डा।केसीले स्वास्थ्य क्षेत्रको मात्र होइन, देशका अन्य क्षेत्रको पनि बेथितिलाई मुद्दा बनाउनुभएको छ,’ शर्माले भने, ‘सर्वसाधारणको हितका लागि भोकै बसेर अन्दोलन गर्ने डाकेसीको अभियानलाई सचेत व्यक्तिले साथ दिनुपर्छ।’

गत साउन १० मा सरकारसँग भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन डा।केसी को माग छ। सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि गत बुधबार देखि ६ बुँदे माग राखेर केसीले इलामको फूलगाछीस्थित निजी घरमा सत्याग्रह थालेका हुन्।

जीवन रक्षाको पहल गर्न चिकित्सक संघको आग्रह
नेपाल चिकित्सक संघले आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सहमति र्कायान्वयनको माग राख्दै डा। केसी शुक्रबारदेखि इलाममा अनसनरत छन् । चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा। केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पुर्‍याएको ठहर गरेको छ ।

१६ औं पटक अनसनमा बस्दा डा। शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा। लोचन कार्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् । डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी फर डा केसी एलाइन्स’ले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिबार प्रदर्शन गरेको हो ।

सो संस्थामा आबद्धहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’, ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार