Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका १२ आठघरेमा खुल्ला मिनि पोष्ट लाते भकुण्डो प्रतियोगीता शुरु

सूर्योदय नगरपालिका १२ आठघरेमा खुल्ला मिनि पोष्ट लाते भकुण्डो प्रतियोगीता शुरु

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २९ २०७५


सूर्योदय नगरपालिका १२ आठघरेमा खुल्ला मिनि पोष्ट लाते भकुण्डो प्रतियोगीता शुरु

इलाम । सूर्योदय नगरपालिका १२ को आठघरेमा खुल्ला मिनि पोष्ट लातेभकुण्डो प्रतियोगीता शुरु भएको छ ।
शनिबार पंचकन्या आधारभुत बिद्यालयको खेल मैदानमा प्रतियोगीता शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिका वडा नं।१२ का वडा अध्यक्ष डोलेन्द्र भारद्वजको र बिशेष अतिथि बुद्धबाणी एफ।एम।का अध्यक्ष दिनेश महतले खेलाडीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भारद्वजले खेल क्षेत्रको बिकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । बुद्धबाणी एफ।एम।का अध्यक्ष महतले खेलकुदको बिकासमा रेडियोले गर्न सक्ने सहयोग गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा पंचकन्या आधारभूत बिद्यालयका ब्यावस्थापन समिति अध्यक्ष अशोक राईले गाउँमा हुने साना खेलमा स्थानीय सरकारको ध्यान जानु पर्ने बताउनु भयो ।कार्यक्रम आयोजक समितिका अध्यक्ष आवाज ढकालको अध्यक्षतामा भएको थियो ।

उद्घाटनका अवसरमा आज तीन खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा मलिम अनमोल एफसीलाई १ का बिरुद्ध ४ गोल गर्दै आयोजक चारघरे युवा परिवार बिजयी भएको छ ।त्यस्तै दोस्रो खेलमा रम्भयाड स्पोटीड क्लवलाई शुन्यका बिरुद्ध ३ गोल गर्दै करफोक ए बिजयी भयो ।आजै भएको तेस्रो खेलमा करफोक बीलाई १ का बिरुद्ध २ गोल गर्दै डिस्नेरी एफसी बिजयी भयो ।

४४ वटा टिमको सहभागीता रहेको खेलको बिजेताले २५ हजार रुपैयाँ र उपबिजेताले १५ हजार रुपैयाँ पाउने छ । माघ १२ गते फाईनल खेल हुने छ । बिगत ११ बर्ष देखि आठघरेमा यो प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार