Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा.गोविन्द केसीकाे १६ औ अनसन इलाममा शुरु

डा.गोविन्द केसीकाे १६ औ अनसन इलाममा शुरु

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस २५ २०७५


डा.गोविन्द केसीकाे १६ औ अनसन इलाममा शुरु

इलाम । संसद सचिवालयले आफुसँग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिद्येयक अघि बढाएको भन्दै डा. केसीले इलाममा १६ औ अनसनको शुरुवात गर्नुभएको छ ।
मंगलबार इलाम सदरमुमकाम पुग्नुभएका डा. केसीले आज साँझ ५ बजे बाट इलामको फुलगाँछिमा रहेको पुरानो भवन डिभिजनको कार्यालय रहेको भवनमा अनशन शुरु गर्नुभएको हो । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसन बस्दै आएका डा.केसीले पत्रकार सम्मेलन गरेर आफु ५ बजेबाट अनसन शुरु गरेको घोषणा गर्नुभएको थियो । वहाँले अनसनको समयमा पानी भने पिउने बताउनुभयो ।
१५ औँ सत्याग्रह अन्त्य गर्ने क्रममा गत साउन १० मा चिकित्सा शिक्षा विधेयकमा माग समेटेर संसदबाट पास गर्ने सहमति भएको थियो । उक्त विधेयकमा सरकारले आफुबिच भएको सहमति अनुसार कार्यान्वयन भएको भन्दै १६ औं पटक अनसन बस्नुभएको हो ।
डाक्टर केशिले १५ औँ सत्याग्रहका क्रममा २०७५ साउन १० मा नेपाल सरकारसँग भएको सझौता बमोजिम अक्षरसंः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसद पारित गर्नुपर्ने गर्नुभएको हो । डा केशिले गौरि बहादूर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यत्तिहरुलाई बर्खास्ति गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुद्धरा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकारहरु संस्थानमै फिर्ता गथा वनर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्न मन्त्री परिद्षको निर्णय बमोजिम चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने माग गर्नुभएको छ ।
पत्रकार सम्मेलन मार्फत डा केशिले सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा बढि बढाउनुपर्ने, पूर्वी पहाडको ताप्लेजुङ्ग, इलाम, पाँचथर, तेह्थुम लगायतका जिल्लाका नागरिकलाई सहज हुने खालको मेडिकल शिक्षाका लागि सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने र कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना शुरु गर्नुपर्ने माग रहेको छ ।
यस्तै निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि मुद्धा चलाउनुपर्ने, प्रमाण लुकाउने, गोलि चलाउनेलाई फौजद्धारी मुद्धा चलाउनुपर्ने, द्धन्द्धकालका जघन्य तथा मानवत विरोधि अपराधका दोषीहरुलाई अन्तष्ट्रिय कानुन अनुसार दण्डित गर्नुपर्ने, नेपाल सरकारको निर्णय विपरित काठमाण्डौँ विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषि पदाधिकारीलाई कारबाही गर्नुपुर्ने माग रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार