Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्वको पर्यटकीय क्षेत्र कन्याममा प्याब्सनद्धारा सरसफाई

पूर्वको पर्यटकीय क्षेत्र कन्याममा प्याब्सनद्धारा सरसफाई

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २४ २०७५


पूर्वको पर्यटकीय क्षेत्र कन्याममा प्याब्सनद्धारा सरसफाई

पशुपतिनगर  ।  इलामको पर्यटकीय जिल्ला कन्याममा प्याब्सन दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । २८ औं प्याब्सन दिवसको अवसरमा सूर्योदय नगरपालिका क्षत्रेमा रहेका प्याब्सनमा आवद्ध विद्यालयका शिक्षक, संचालक र विद्यार्थीहरुले कन्याम सरसफाई सम्पन्न गरेका हुन् । क्लिन इलाम ग्रिन इलाम   नाराका साथ प्याब्सन इलाम जिल्ला कार्य समितिको आयोजना तथा सुर्योदय नगर प्याब्सन को ब्यवस्थापनमा पर्यटकीय नगरी कन्याम परिसरको सरसफाइ कार्यक्रमका सम्पन्न गरिएको प्याब्सन सुर्योदय नगर समितिका अध्यक्ष लाकेल लामाले बताउनुभयो ।


इलाम नगरपालिका क्षेत्रका बोडिङ्ग स्कुलका शिक्षक, विद्यार्थी र विद्यालयका व्यवस्थापन समितिका सदस्य तथा अभिभावकले इलाम नगरपालिकाको सहरी क्षेत्रमा सरसफाई गरेका थिए । प्याब्सन दिवसको अवसरमा पर्यटकीय क्षेत्र कन्यामलाई सफा र सुन्दर बनाउन सुर्योदय नगर प्याब्सनको अध्यक्ष लाकेल लामाको संयोजकत्व, प्रदेश प्याब्सन सल्लाहाकार युवराज बाशिष्ठ, प्रदेश प्याब्सनकै सह कोषाध्यक्ष प्रकाश भक्तराज र इलाम प्याब्सनका बरिष्ठ उपाध्यक्ष रगुन गुरुङ्ग लगायतको उपस्थितिमा कन्यामको सरसफाई गरिएको हो । कन्याम क्षेत्रको सरसफाईका लागि इलामको सूर्योदय नगरपालिका प्याब्सनका पदाधिकारी, नगर क्षेत्रका ९ वटा विद्यालयको विद्यार्थी, शिक्षक, संचालक, अभिभावकको उपस्थितिमा कन्याम सरसफाई गरिएको थियो ।

प्याब्सन दिवसको अवसरमै सुर्योदय नगरपालिका १४ स्थित कट्टुसे बजारमा स्थानीय कट्टुसे नमुना र अरुणदोय बोर्डिङ्गका शिक्षक, विद्यार्थी र विद्यालयका संचालकले सरसफाई गरेका थिए ।
यस्तै सूर्योदय नगरपालिका वडा नम्बर १ को गोर्खे बजारमा स्थानीय स्टेटइर्फ बोडिङ्ग स्कुल र मयुमाई बोडिङ्ग स्कुलका विद्यार्थी, शिक्षक र विद्यालय संचालकको समुहले सरसफाई गरेको थिए । यस्तै वडा नम्बर ३ को तिनकुने गुम्बा, बुद्धपार्क र बौद्यधाम गुम्बा पर्यटकीय क्षेत्रमा इस्टपोइन्ट बोडिङ्गका विद्यार्थी शिक्षक र विद्यालय संचालकले सफा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार