Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ढुक्कले इलाममा लगानी गर्नुहोस् ,बम्बइसन खानुहाेस्, नाफा कमाउनुहोस् : प्रधानमन्त्री ओली

ढुक्कले इलाममा लगानी गर्नुहोस् ,बम्बइसन खानुहाेस्, नाफा कमाउनुहोस् : प्रधानमन्त्री ओली

  • सुजन तिमसिना
  • शुक्रबार, पौस २० २०७५


ढुक्कले इलाममा लगानी गर्नुहोस् ,बम्बइसन खानुहाेस्, नाफा कमाउनुहोस् :  प्रधानमन्त्री ओली

इलाम । प्रधानमन्त्री केपि सर्मा ओलीले लगदेवाली उत्पादनको अग्रणि जिल्ला इलाममा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । इलाम नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका अनेक सम्भावना रहेको इलाममा लगानी गरेर धन कमनाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो ।
चिया क्षेत्रको उद्गम स्थल इलाममा अदुवा, अलैची, ओलन लगायत ७ वटा क्षेत्रमा सम्भावना भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट लगानी जुटाउने उदेश्यले स्थानीय सरकारले गरेको काम प्रशंसायोग्य काम भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
इलाममा उत्पादन भएको कृषिजन्य सामग्री निर्यातका लागि सरकारले भारत र बंगलादेश सरकारसँग वर्ता भएकाले इलाम कृषि उपजको उत्पादन तथा प्रशोधनको केन्द्र बन्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । लगानी गर्दा सुरक्षा, यातायातको पहुँज र कच्र्चापदार्थ प्रशस्त भएकाले निजीक्षेत्रलाई आफ्नो लगानी गरेर रोजागारी सिर्जना गर्ने काममा तीन तहका सरकारले जस्तोसुक सहयोग गर्न प्रतिवद्ध रहेको वहाँको भनाइ थियो ।
सरकार देशको सवृद्धको यात्राका लागि तिब्र गतिमा काम गरिरहेकाले सम्पुर्ण नेपालीहरुले केहि वर्षमै त्यसको अनुभुति गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा इलाम उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल र लगानी सम्मेलन आयोजक समितिका सदस्य कृष्ण साहले इलाममा लगानी गर्ने संभावनाको क्षेत्रका बारेमा जानकारी गराउनुभएको थियो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा इलाम नगरपालिकाले प्रधानमन्त्री के पि सर्मा ओलीलाई इलाम नगरबासीको तर्फबाट नागरिक अभिनन्दन गरिएको थियो । कार्यक्रममा इलाम नगरपालिका क्षेत्रका वातावरण प्रदुशण नियन्त्रणमा उकृष्ट रहेको इलाम नगरपालिका वडा नम्बर ५ लाई नगद प्रमाणपत्र सहित वातवरण पुरस्कार, खेलकुद पुरस्कारबाट मंगेश बस्नेतलाई, साहित्य पुरस्कारबाट रोसन कर्माचार्यलाई, सामाजिक सेवा पुरस्कारबाट मानबहादूर गुरुङ्गलाई, संचार क्षेत्रको पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीलाई र कृषि पुरस्कारबाट महानन्द ओझालाई इलाम नगरपालिकाले प्रधानन्त्री केपि सर्मा ओलीको हातबाट पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकालले निजी क्षेत्रले इलामका सम्भावित सबै क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभएको थियो । सम्मेलनमा नेपाल उद्योग बाणिज्य संघका पदाधिकारी, सदस्य, जिल्ला अध्यक्ष, औद्योगिक घरानाका उद्योगी व्यवसायी गरि ३ सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार