Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दक्षिणि इलामको माई नगरपालिकामा अत्याधुनिक सभाहल बन्दै

दक्षिणि इलामको माई नगरपालिकामा अत्याधुनिक सभाहल बन्दै

  • तेजबहादुर घिमिरे
  • शनिबार, पौस १४ २०७५


दक्षिणि इलामको माई नगरपालिकामा अत्याधुनिक सभाहल बन्दै

माई ।  इलामको दक्षिणि माई नगरपालिकाले अन्तराष्ट्रियस्तरको सभाहल निर्माण शुरु गरेको छ । माई नगरपालिका वडा नम्बर २ को भलायोटारमा अन्तराष्ट्रियस्तरको सभाहल निर्माणका लाडि डिपिआर निर्माण सम्पन्न गरेको हो ।
चालु आर्थिक वर्षदेखि नै निर्माण शुरु गर्ने योजनाका साथ डिपिआर निर्माण गरि टेण्डरका लागि तयारी गरिएको माई नगरपालिका प्रमुख दिपक थेवेले बताए । संघ सरकारको ४० प्रतिशत र माई नगरपालिकाको ६० प्रतिशत लगानी हुने गरि ५ करोडमा सभाहल निर्माण गरिने भएको हो । सभाहल निर्माणका लागि प्रदेश नम्बर एकको सासंद विकास कोषबाट ७० लाख, नगरपालिकाबाट ६० लाख र संघ सरकारको समपुरक कोषबाट ४० लाख गरि चालु आर्थिक वर्षमा एक करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
१० वटा वडा रहेको माई नगरपालिकामाग सभा तथा सम्मेलन गर्दा खुल्ला चौरमा गर्नुपर्ने बाध्यता हटाउन सभाहल निर्माणलाई प्राथमिकताका साथ योजना अघि सारिएको नगर प्रमुख  थेवेले बताए । ५ सय जना क्षमताको निर्माण हुने सभाहल तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार