Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय नगर घोषणा सूर्योदय नगरपालिकामा चर्पी र पार्किङ्ककै समस्या

पर्यटकीय नगर घोषणा सूर्योदय नगरपालिकामा चर्पी र पार्किङ्ककै समस्या

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ९ २०७५


पर्यटकीय नगर घोषणा सूर्योदय नगरपालिकामा चर्पी र पार्किङ्ककै समस्या

सूर्योदय । प्रदेश नम्बर एकको सरकारले पर्यटकीय नगर घोषणा गरेको इलामको सूर्योदय नगरपालिकामा शौचालय बसपार्क जस्ता अतिआवश्यक पूर्वाधारको अभाव भएको छ । संघीय सरकारले सय उत्कृष्ट पर्यटकीय क्षेत्रमा रहेको कन्याम क्षेत्रमा शौचालय र बसपार्क नहुँदा पर्यटकले खुल्ला क्षेत्रमा शोच गर्न बाध्य भएका छन् ।
संघीय सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्यमा घोषणा गरेको कन्याममा चर्पी र बसपार्कको समस्या छ । दैनिक २० हजार बढी पर्यटक आएर घुम्ने कन्यामको ३ किलोमिटर क्षेत्रमा एउटा मात्रै चर्पी हुँदा खुल्ला क्षेत्रमा शौच गर्न बाध्य भएको पाल्पाबाट आएका पर्यटक केशव सर्माले बताउनुभयो ।
खुलादिशा मुक्त क्षेत्र घोषणा गरेपनि पर्याप्त पूर्वाधर अभाव, खानेपानी, चर्पिको समस्याले पिरोलिने पर्यटक गाडि विद्यालयमा पार्किङ्ग गर्दै आएका छन् । प्रदेश एकको सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाको अन्तु पर्यटकीय क्षेत्रको समस्या उस्तै छ । सूर्योदय दृश्यावलोकन गर्न अन्तु पुग्ने पर्यटकले डाँडामा चढ्नु अघि पार्किङ्ग र अन्तु डाँडामा पानी तथा चर्पीको समस्या भोग्दै आएका छन् । सिजनमा दैनिक ७ हजार बढी पर्यटक पुग्ने डाँडामा एउटा मात्रै चर्पी हुँदा पर्यटकले चर्पी थप्नुपर्ने र अन्य पूर्वाधार बनाउनुपर्ने झापा अन्तु घुम्म आएका राजेश लेप्चाले बताउनुभयो । पर्यटकहरु आएर घुम्ने, खाने रमाउनु मात्रै पर्यटन प्रवद्र्धन नभएर सार्वजनीक शौचालय र पार्किङ्गकै समस्याले पिरोलिनुपर्ने समस्याले राम्रो सन्देश नजाने लेप्चाको भनाइ छ ।
इलाम आउने पर्यटकले कोशेली खरिद गर्ने सुर्योदय नगरपालिकाको प्रमुख प्रशासकिय केन्द्र रहेको फिक्कल बजारमा भएको सार्वजनीक चर्पी प्रयोग गर्न नसकन्ने अवस्थामा छ । फिक्कल बजारमा पार्किङ्गस्थल सँगै सार्वजनीक शौचालय नहुँदा यात्रु र पर्यटकले खुल्ला क्षेत्रमा शौच गर्न बाध्य छन्् । इलामका सबै पर्यटकीयस्थल घुमेर फर्किने पर्यटकले कोेशेली खरिद गर्ने फिक्कलमा सार्वजनीक शौचालय निर्माणमा नगरपालिकाले चासो नदिँदा सयौँ पर्यटक र यात्रुमाझ पर्यटकीय नगरेको सन्देश राम्रो नगएको सुर्योदय नगर उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले बताउनुभयो । सूर्योदय नगरपालिको मुख्य केन्द्रमा भएको शौचालय प्रयोग गर्ने अवस्थामा छैन र अन्य क्षेत्रमा शौचालय नहुँदा चार वर्ष अघि खुल्ला दिशापिसाव मुक्त घोषणा कार्यक्रम व्यवहारमा कार्यान्वयनमा आएको तिमिसनाको भनाइ छ । २० बढी पर्यटकीय गन्तव्यस्थल रहेको सूर्योदय नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण नहुँदा सीमावर्ती पर्यटकीय क्षेत्र पशुपतिनगर पुग्ने पर्यटकका गुनासा पनि उस्तै छन् । भारतबाट पशुपतिनगर घुम्न आउने पर्यटक र नेपालबाट भारतको दार्जिलिङ्ग जाने सयौँ पर्यटकको संगमस्थल रहेको पशपतिनगरमा पार्किस्थल नहुँदा सडक जाम नै हुने गरि गाडि पार्किङ्ग गरिएको हुन्छ ।
सूर्योदय नगरपालिकाका सुचना अधिकारी खगेन्द्र बर्देवाका अनुसार प्रदेश र संघ सरकारबाट प्राप्त बजेटले कन्याम, अन्तु, फिक्कल, करफोक र पशुपतिनगर क्षेत्रमा अत्यावश्यक पूर्वाधार चालु आर्थिक वर्षमा निर्माण गर्ने योजना रहेको छ । संघीय सरकारले कन्याम अन्तु सर्किटलाई एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा घोषणा गरेपछि ५० लाख बजेट दिने योजना बनाएको छ । प्रदेश एकको सरकारले पर्यटकीय नगर घोषणा गरेपछि पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेकाले त्यो बजेट पनि पूर्वाधार निर्माणमा खर्च गर्ने सुचना अधिकारी खगेन्द्र बर्देवाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार