इलाम । इलामको उत्तरी क्षेत्रमा बर्षातसँगै हिउँ परेपछि चिसो बढेको छ । बर्षातसँगै हिउँ परेपछि उत्तरी क्षेत्रको मानेभन्ज्याङ्ग सन्दकपुर पर्यटकीय क्षेत्रमा पदयात्रामा निस्किएका पर्यटक समस्यामा परेका छन् ।
गएराति २ बजेबाट बर्षातसँगै बाक्लो हिउँ परेपछि सन्दपुर पर्यटकीय क्षेत्रको कालपोखरीदेखि सन्दकपुर क्षेत्रमा बाक्लो हिउँ परेकाले पर्यटक पदमार्गमा हिड्न नसकेको सन्दकपुरका पर्यटक व्यवसायी पासाङ्गडण्डु सेर्पाले बताउनुभयो । राती देखिनै बाक्लो हिउँ परेकाले अहिलेसम्म एक फिट बाक्लो हिउँ जमेको र हिउँ पर्ने क्रम नरोकिएकाले सन्दकपुर पुगेर फर्कने पर्यटक र सन्दकपुर आउने पर्यटक बिच बाटैमा बसेको सेर्पाले बताउनुभयो ।
३ हजार ६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपुर क्षेत्रमा बाक्लो हिउँ परेपछि अहिले ३ सय बढी पर्यटक अलपत्र अवस्थामा रहेका छन् । सन्दकपुर पदमार्गमा पर्ने कालपोखरी देखि सन्दकपुरसम्मको ६ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ परेकाले मानिसहरु बाहिर निस्कन नसकेको कालपोखरीका होटल व्यवसायी तथा पूर्व शिक्षक पेम्बा सेर्पाले बताउनुभयो । हिउँ परेपछि सन्दकपुर तर्फ पदमार्गमा निस्किएका एक सय भारतीय पर्यटक कालपोखरीमा बसेको वहाँले बताउनुभयो ।
वर्षातसँगै हिउँ परेपछि उत्तरी इलामको सन्दकपुर गाउँपालिका क्षेत्रको जौबारी, तुम्लिङ्ग, गैरिबास, मेघमा, कालपोखरी, बिखेभञ्ज्याङ्ग , फालुट क्षेत्रमा बाक्लो हिउँ परेको जनजिवन प्रभावित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । हिउँ परेपछि गाउँपालिकाको उच्च हिमालि क्षेत्रमा रहेका विद्यालयहरु संचालनमा आएपनि विद्यार्थीहरु कम आएको प्रवक्ता खनालले बताउनुभयो । र्
तसँगै हिउँ परेपछि उत्तरी इलामको सन्दकपुर गाउँपालिका क्षेत्रको जौबारी, तुम्लिङ्ग, गैरिबास, मेघमा, कालपोखरी, बिखेभञ्ज्याङ्ग , फालुट क्षेत्रमा बाक्लो हिउँ परेको जनजिवन प्रभावित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । हिउँ परेपछि गाउँपालिकाको उच्च हिमालि क्षेत्रमा रहेका विद्यालयहरु संचालनमा आएपनि विद्यार्थीहरु कम आएको प्रवक्ता खनालले बताउनुभयो ।