इलाम । पूर्वी इलाम र झापा जिल्ला कार्यक्षेत्र रहेको पाथिभरा मल्टिपल को—अपरोटिप लिमिटेड ‘पामकोल’ ले २३ जनालाई सम्मान गरेको छ । संस्थाको २२ औँ साधारणसभामा सनिबार जेष्ठ सेयर सदस्य, असल बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट विप्रेषण कारोबार गर्ने र उत्कृष्ण ऋणिलाई सम्मान गरेको हो ।
संस्थाले उत्कृष्ट जेष्ठ सदस्य वेदप्रसाद आर्चाय, टंकनाथ कट्टेल, लोक बहादुर गुरुङ्ग, पदम बहादुर रिजाल र लोकनाथ सर्मालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो । संस्थामा बर्षभरी राम्रो बचतकर्ताबाट गंगामाया न्यौपाने, कृष्णकुमार भुजेल, मणिकुमार गुरुङ्ग, ऐतराज राई र डम्बरकुमारी भुजेललाई सम्मान गरिएको संस्थाका कर्मचारी गोपाल निरौलाले बताउनुभयो ।
संस्थाले उत्कृष्ट बाल बतकर्तामा एजिता राई र उत्कृष्ट विप्रेषण कारोबारबाट सारदा राईलाई सम्मान तथा परस्कृत गरिएको हो । संस्थामा उत्कृष्ट ऋण कारोबार गर्नेमा दल बहादूर पुलामी, नरनाथ पौडेल, तारादेवी तामाङ्ग, कर्ण बहादुर राई र स्वर्गीय याम बहादूर राईलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक डालिम न्यौपानेले बताउनुभयो ।
संस्थाका अध्यक्ष नेत्र बहादूर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काजिमान कागते र रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले सम्मानितहरुलाई दोसल्ला र प्रमाणपत्र प्रमामपत्र प्रदान गर्नुभएको थियो ।
रोङ गाउँपालिका वडा नम्बर ३ मा केन्द्रिय कार्यालय रहेको सहकारी संस्थाको २२ औँ साधारणसभामा संस्थाका अध्यक्ष नेत्र बहादूर राईले गत आर्थिक वर्षको बिष्णेषणसहितको प्रतिवेदन र आगामि आर्थिक वर्षको योजना सहतिको प्रतिवेदन र लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका व्यवस्थापक डालिम न्यौपानेले आगामि सालको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सेयर सदस्य माधम निरौला र शिक्षा उप समितिका सदस्य जय भण्डारीले बिस्लेषणसहितको प्रतिवेदन गर्नुभएको संस्थाका कर्मचारी डिल्लिराम कट्टेलले बजाकारी दिनुभयो ।
संस्थाको साधारणसभामा मन्तव्य राख्दै प्रदेश नम्बर १ का सासंद काजिमान कागतेले ग्रामीण क्षेत्रमा स्थापना भएका सहकारीलाई निति नियम बनाएर आर्थिक कारोबार गर्दा ग्रामीण क्षेत्रमा ठुलो योगदान रहेको बताउनुभयो । संहकारी संस्थालाई अझ सवल र सक्षम बनाएर अब ग्रामिण क्षेत्रमा आर्थिक क्रान्ति गर्नुपर्ने वहाँले बतउनुभयो । सरकारको तीन खम्बे अर्थनिति अनुसार सहकारी देशको एक अर्थतन्त्र धान्ने संस्था भएकाले सहकारीलाई नयाँ निति नियम बनाएर बलियो र सवल बनाउनुपर्नेमा सांसद काजिमान कागतेले जोड दिनुभयो । अहिले सहकारीको काम गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिएपनि कर्मचारी नहुँदा सहकारी क्षेत्रको निति निर्माण बनाउने काममा समस्या भएको रोङ्ग गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले बताउनुभयो । सेयर सदस्य तथा सूर्योदयन गरपालिका वडा नम्बर ७ का अध्यक्ष लेखनाथ खड्काले सहकारीलाई ग्रामीण क्षेत्रको प्रमुख आर्थिक कारोबार गर्ने संस्थाका रुपमा विकास गर्न सूर्योदय नगर सहरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
रोङ गाउँपालिका ३ को कोल्बुङ्गमा मुख्य कार्यालय रहेको सहकारीको १८ सय १० जना सेयर सदस्य रहेका छन् । सहकारीले आफ्नो सुविधासम्पन्न भवन निर्माण योजना सहितको आर्थिक योजना पास गरेको छ । सेयर पुँजी ५ करोड, बचत ८ करोड र ऋण लगानी १० करोड गरेको सहकारीले आफ्नो सेयर पुँजी बढाउने र ऋण लगानी थप गरि काम गर्ने योजना साधारणसभाबाट पास गरेको छ । संस्थाले सेयर सदस्यलाई १४ प्रतिशत लाभासं वितरण गर्ने निर्णय गरेको संस्थाका कर्मचारी योगप्रसाद अर्यालले बताउनुभयो ।