फाकफोक । फाकफोकथुम गाउँपालिका स्थित साबिक फुएतप्पा लिम्बुगाँउमा चासोक तङ्गनाम खेल मैदान निर्माधिन भइरहेको खेलमैदानमा राखिएको जेसिबिमा टोडफोड भएकाे छ । रातको समयमा अज्ञात समुहहरूद्धारा जेसिबि को अगाडिकाे सिसा पूर्णरूपमा क्षती पुराएको छ । अज्ञात समुहले लक लगाएको चाबि फोरीएको र अन्दाजी साठि हजार बराबरको नाेक्सानि भएकाे मालिक अर्जनु पुरीले जानकारी दिनुभयाे । वहाँले अनुसन्धानको लागि फाकफोक थुम प्रहरी चौकीलाई अनुरोध गरीसकेको साथै स्थानीय जनप्रतिनिधिहरू वडाधक्ष्य हरी दंगाली र सदस्यहरू इन्द्र लिम्बु कबिता राईलाई जानकारी दिएकाे बताउनुभयाे ।