इलाम । पूर्वी इलामको पर्यटकीयस्थल पाथिभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको ५ वर्षे कार्यायोजना निर्माण भएको छ । बार्षिक ३ लाख बढी भक्तजन र पर्यटकले भ्रमण गदैँ आएको पाथिभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथिभरा क्षेत्र विकास कार्यक्रम स्वीकृत गरि ५ वर्षे कार्यायोजना निर्माण भएको हो ।
पाथिभरा क्षेत्रभित्र अतिक्रमण भई अव्यवस्थित रुपमा बस्ति विकास भएपछि त्यसलाई व्यवस्थि तगर्न ३३ करोडको पाँच वर्षे कार्यायोजना कार्यान्वयनमा ल्याएको रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईले बताउनुभयो । भक्तजन र पर्यटकको आवागमन बढ्दै जाँदा पाथिभरा क्षेत्रको जंगल फडानी गरि होटल र लज खुल्ने क्रमबढेपछि व्यवस्थित विकास गरि अतिक्रम रोक्न ५ वर्षे कर्यायोजना निर्माण गरिएको हो ।
पाँच वर्षे कार्यायोजना अन्तरगत मन्दिरको पुनः संरचना गर्ने, पार्किङस्थल निर्माण गर्ने, अव्यवस्थित बसोबास हटाएर व्यवस्थित गर्ने, सडक निर्माण तथा खानेपानीको व्यवस्थित गर्ने गरि गुरुयोजना तयार गरिएको हो ।
पाथिभरा क्षेत्रको गुरुयोजना अन्तरगत चालु आर्थिक वर्षदेखि नै काम शुरु गरिने गाउँपालिका अध्यक्ष समसेर राईले बताउनुभयो