Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

निर्मला पन्त हत्यारालार्इ कारबाहिकाे माग गर्दै जनप्रदर्शन 

निर्मला पन्त हत्यारालार्इ कारबाहिकाे माग गर्दै जनप्रदर्शन 

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १६ २०७५


निर्मला पन्त  हत्यारालार्इ कारबाहिकाे माग गर्दै जनप्रदर्शन 

इलाम ।  कंचनपुरकी निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इलाममा आइतबार जनप्रदर्शन गरेको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी इलामले हत्याराको तत्काल पहिचान गरी कारवाहीको माग गर्दै जनप्रदशर्न गरेको छ ।

इलामको ठूलो टिँडखेलबाट नाराबाजीसहित सुरु भएको र्‍याली इलाम चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेपाल कम्युनिष्ट पार्टीका मेची व्युरो कार्यालय सदस्य जनपरिषद नेपालका केन्द्रीय सदस्य होम खतिवडा ले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै विद्रोहीले ४ महिनासम्म पनि हत्यारा पत्ता लगाउन नसक्ने दुई तिहाइको सरकार जनतासामू नालायक सावित भइसकेको दावी गरे । ‘घटना भएको यत्तिका दिन बितिसक्यो । यो सरकारले दोषी पत्ता लगाउने कुनै छाँटकाँट देखिनदैन’ उनले प्रश्‍न गरे, ‘यस्ता सरकारसँग जनताले के आशा राख्नु ’

सरकारले निर्मलालाई न्याय नदिलाएपनि आफ्नो पार्टीले न्याय दिलाएरै छोड्ने उद्घोष गरे । ‘निर्मलाले न्याय पाउनुपर्छ । दोषी जति लुकाएपनि लुक्दैन । एक दिन अवस्य पर्दाफास हुन्छ’ विद्रोहीले भने, ‘त्यसका लागि जति संघर्ष गर्नु पनि हामी र हाम्रो पार्टी तयार छ ।’

निर्मला पन्तको न्यायका लागि सरकारलाई दवावद दिन आइतबार नेपाल कम्युनिष्ट पार्टीले देशभर जनप्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार