Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई नगरपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण

देउमाई नगरपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ११ २०७५


देउमाई नगरपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण

इलाम । इलामको देउमाई नगरपालिकामा रहेको गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।  प्याराग्लाइडिङ गुफाथुम्कीबाट गुम्बाडाँडामा अवतरण गरिएको थियो ।

प्याराग्लाइडिङ पर्यटन प्रवद्रनको संभावनाका लागि गरिएको  देउमाई नगरपालिका मेयर सुर्य प्रसाद पोखरेलले जानकारी दिए ।

प्याराग्लाइडिङ बाङचु शेर्पाले सोमबार दिउसो ११ बजे गुफाथुम्कीबाट उडाएका थिए । उनले  गुफाथुम्कीबाट पानीटार अवतरण गर्ने प्रयास गरेपनि मैसमको कारणले पानीटारमा अवतरण गर्न भने सकेनन् ।  गुम्बाडाँडामा अवतरण गरे ।

यस अघि शेर्पाले इलाम र पाचथरका डाडाहरुमा समेत सम्भावना उडान भरेका थिए ।  शेर्पाका अनुसार इलामका कतिपय डाँडामा प्याराग्लाइडिङ उडान गर्न सकिने बताए ।

साथै देउमाइ नगरपालिकाको सिद्धिथुमकामा पनि  प्याराग्लाइडिङको संभाव्यता अध्ययन गरिएको वडा नम्वर ४ का अध्यक्ष राजेन्द्र बास्तोलाले बताए । उनले भने, ुपर्यटन प्रवद्रनको लागि गुफाथुम्की र सिद्धिथुमकामा प्याराग्लाइडिङको संभाव्यता अध्ययन गरेका छौ । सिद्धिथुमकामा भने  प्याराग्लाइडिङ गर्न बाकि छ  ।

देउमाई नगरपालिकामा रहेको पानीटार चियावगान अन्यन्तै सुन्दर चियावगानको रुपमा चिनिन्छ । तर प्रचार प्रसारको कमि तथा पर्यटकको बस्ने भौतिक पूर्वधार कमिले गर्दा धेरै पर्यटक भने भित्राउन सकेको छैन  ।

प्रतिक्रिया
सम्बन्धित समाचार