इलाम नगरपालिकाद्धारा घर निर्माण गर्ने मजदुरको दूर्घटना भए उपचार खर्च

इलाम । इलाम नगरपालिकाले नगर क्षेत्रभित्र घर निर्माणमा काम गर्ने मजदूरका लागि कल्याणकारी कोष स्थापना गरेको छ । घर निर्माण गर्दा दूर्घटना भएमा उपचारका लागि सहयोग गर्ने उदेश्यले मजदूर कल्याणकारी कोष स्थापना गरेको हो ।
नयाँ घर निर्माण गर्ने घरधनीले नक्सापास गर्दा थप शुल्क उठाएर कल्याणकारी कोषमा रकम जम्मा गरि घर निर्माण गर्दा मजदुर लडेर घाईते भएमा तथा मृत्यु भएमा सहयोग गर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । इलाम नगरपालिकाको मजदूर कल्याणकारी कोषमा अहिले ३ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । घर नक्सापास दस्तुरसँगै कोषमा पनि चालु आर्थिक वर्षदेखि रकम जम्मा गर्न थालेको नगरपालिकाका शाखा अधिकृत राम साहले बताउनुभयो ।
नगरपालिकामा नक्सा पास भएका घर निर्माण गर्दा मजदूर लडेर घाईते भएमा वा मृत्यु भएमा कल्याणकारी कोषबाट खर्च हुनेगरि मजदूरको नाम दर्ता शुरु भएको छ । कल्याणकारी कोष स्थापना भएपछि नगरपालिकामा ६० जना बढी घर निर्माण गर्ने मजदूरले आफ्नो नाम दर्ता गराएका छन् ।
नगरपालिकाले घर निर्माण गर्दा मजदूर घाइते भएमा प्रक्रिया पुर्याएर ५० हजार उपचार खर्च दिने र मृत्यु भएमा ५ लाख रुपैयाँ क्षतिपुर्ती रकम प्रदान गर्ने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । उपचार तथा क्षतिपूर्ती रकम पाउने मजदूरले आफ्नो नाम अनिर्वाय रुपमा नगरपालिकामा दर्ता गराउनुपर्ने र काम गर्दा दूर्घटना भएमा तत्काल नगर सरकारलाई जानकारी दिनुपर्ने शाखा अधिकृत राम साहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...

पशुपतिनगर । पाँच दिवसीय प्रथम सूर्योदय पर्यटन नगर महोत्सव आज सम्पन्न भएको छ । नगरको...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...