Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाद्धारा घर निर्माण गर्ने मजदुरको दूर्घटना भए उपचार खर्च

इलाम नगरपालिकाद्धारा घर निर्माण गर्ने मजदुरको दूर्घटना भए उपचार खर्च

  • सुजन तिमसिना
  • शनिबार, मंसिर ८ २०७५


इलाम नगरपालिकाद्धारा घर निर्माण गर्ने मजदुरको दूर्घटना भए उपचार खर्च

इलाम ।  इलाम नगरपालिकाले नगर क्षेत्रभित्र घर निर्माणमा काम गर्ने मजदूरका लागि कल्याणकारी कोष स्थापना गरेको छ । घर निर्माण गर्दा दूर्घटना भएमा उपचारका लागि सहयोग गर्ने उदेश्यले मजदूर कल्याणकारी कोष स्थापना गरेको हो ।
नयाँ घर निर्माण गर्ने घरधनीले नक्सापास गर्दा थप शुल्क उठाएर कल्याणकारी कोषमा रकम जम्मा गरि घर निर्माण गर्दा मजदुर लडेर घाईते भएमा तथा मृत्यु भएमा सहयोग गर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । इलाम नगरपालिकाको मजदूर कल्याणकारी कोषमा अहिले ३ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । घर नक्सापास दस्तुरसँगै कोषमा पनि चालु आर्थिक वर्षदेखि रकम जम्मा गर्न थालेको नगरपालिकाका शाखा अधिकृत राम साहले बताउनुभयो ।
नगरपालिकामा नक्सा पास भएका घर निर्माण गर्दा मजदूर लडेर घाईते भएमा वा मृत्यु भएमा कल्याणकारी कोषबाट खर्च हुनेगरि मजदूरको नाम दर्ता शुरु भएको छ । कल्याणकारी कोष स्थापना भएपछि नगरपालिकामा ६० जना बढी घर निर्माण गर्ने मजदूरले आफ्नो नाम दर्ता गराएका छन् ।
नगरपालिकाले घर निर्माण गर्दा मजदूर घाइते भएमा प्रक्रिया पुर्याएर ५० हजार उपचार खर्च दिने र मृत्यु भएमा ५ लाख रुपैयाँ क्षतिपुर्ती रकम प्रदान गर्ने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । उपचार तथा क्षतिपूर्ती रकम पाउने मजदूरले आफ्नो नाम अनिर्वाय रुपमा नगरपालिकामा दर्ता गराउनुपर्ने र काम गर्दा दूर्घटना भएमा तत्काल नगर सरकारलाई जानकारी दिनुपर्ने शाखा अधिकृत राम साहले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार