Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा चाडपर्वमा ५ करोड बराबरको मिठाई र फलफुल बिक्रि

इलाममा चाडपर्वमा ५ करोड बराबरको मिठाई र फलफुल बिक्रि

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ७ २०७५


इलाममा चाडपर्वमा ५ करोड बराबरको मिठाई र फलफुल बिक्रि

पशुपतिनगर  । फलफुल र मिठाई कोशिलीका रुपमा लाने नेपालीहरुको चलनले दशैँ र तिहारमा मिठाई पसल र फलफुल पसल गर्ने व्यपारी रातदिन नभनि खट्छन् । आफन्तजनका भेटघाटमा जाँदा कोशेली लिएर जाने चलनले गर्दा दशैँका बेला मिठाई र फलफुल दशैँका बेला अत्याधिक बिक्रि हुन्छ । चाडबाडमा मात्रै नभएर अन्य पर्व र उत्सवमा फलफुल र मिठाई कोेशेली बोक्ने नेपालीको चलन छ । तर त्यो बोला थोरै मात्रामा बिक्रि हुने भएकाले कमै मिठाई बनाउने गरिन्छ र फलफुल व्यपारीले पनि कम मात्रै थोक बिक्रेताबाट फलफुल माग गर्छन् ।
लामो उल्लाससहित मनाउने नेपालीहरुको माहान चाड दशैँ र तिहारमा इलाममा फलफुल र मिठाई करिब ५ करोडको बढीको बिक्रि हुने गरेको पाइएको छ । दशैँको नहमि देखि पूर्णिमा सम्ममा आफ्नो घर र आफन्तकहाँ जाँदा कोशेली बोक्ने र तिहारको बेला माईत फर्किने इलामले इलामका विभिन्न बजारमा ७ करोड बढीको मिठाई र फलफुल बिक्रि गर्दै आएको हो । इलामका १५ वटा व्यापारिक केन्द्रमा रहेका मिठाई पसल र फलफुल पसलबाट दशैँ तिहारमा खरिद गर्ने भिड नै लाग्ने गरेको छ ।
आफन्तजन भेट्न जाने १ जना पाहुनाले एक आफन्तका जाँदा १ किलो स्याउ र १ किलो मिठाई खरिद गर्ने गरेको सूर्योदय नगरपालिका १० मिठाई व्यपारी हरि तामाङले बताए ।  इलामको दानबारी, इलाम बजार, फिक्कल, मंगलबारे, घुर्बिसे पञ्चमि, राँके, हर्कटे, बिब्ल्याँटे, नयाँबजार, तिनघरे, पशुपतिनगर, रबी, मानेभञ्ज्याङ्ग बजारमा गरि मिठाई पसल ७३ वटा र फलफुल तथा दूध छुर्पि कोशिले पसल ९० वटा रहेका छन् । चाडबाड बाहेकको समयमा दैनिक ५ हजारदेखि १० हजारसम्म कारोबार गर्ने फलफुल र मिठाई पसलमा दशैँ तिहारमा एक मिठाई पसलमा न्युनतम ३० हजारदेखि एक लाखसम्मको कारोबार हुने गरेको  मिठाई व्यवसायी हरि तामाङले बताए  ।
सूर्योदय उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाका अनुसार दशैँका ७ दिन इलामका व्यापारीक केन्द्रमा अन्य पसलहरु खासै चल्दैनन्, मिठाई र फलफुल पसलमा भिड अत्याधिक हुन्छ । जिल्लाका ७३ वटा मिठाई पसलमा दशैँमा दैनिक सरदर ३० हजारसम्मको कारोबार हुँदा मिठाईमा मात्रै २१ लाख ९० हजार रुपैयाँको किनबेच हुन्छ । सदस्य तिमसिनाका अनुसार इलाम जिल्लामा ९० वटा फलफुल पसलहरुको पनि कारोबार चाडबाडको बेला मिठाई पसलेको जस्तै हुन्छ । मिठाई पसलेकहाँ न्युनतम चार सय रुपैँया पर्ने देखि प्रतिकिलो ६ सय रुपैयाँ पर्ने मिठाई बिक्रि हुन्छ भने फलफुल पसलमा स्याउ, अनार, सुन्तोला अंगुर बिक्रि हुँदै आएको छ । दशैँका ५ दिन र तिहारका २ दिन गरि ७ दिनमा दैनिक २५ हजार बढीको फलफुल बिक्रि हुने गरेको  फलफुल व्यापारी बताउँछन् ।  चाडबाडको बाहेकको बेला दैनिक ५ हजारको बिक्रि हुन गाह्रो हुन्छ, दशैँ तिहारमा पाँच लाख रुपैयाँको स्याउ र अनार बिक्रि हुन्छ ।
दशैँका पाँच दिन र तिहारको २ दिन गरि ७ दिनमा इलाममा दैनिक २७ लाख बराबरको फलफुल बिक्रि हुने गरेको छ । सूर्योदय उद्योग बाणिज्य संघका महासचिव राजन प्रधानका अनुसार इलाममा चाडबाडको बेला कति मुल्य बराबरको फलफुल र मिठाईको कारोबार तथ्याङ्क नभएपनि व्यपारीको भनाईलाई तथ्याङ्कमा उतार्दा मिठाई र फुलफुल गरि दैनिक ६० लाख बढीको बिक्रि हुने गरेको छ । भारतका विभिन्न जिल्लाबाट आयात गरि बिक्रि गरिने फलफुलको साँवा भारतीय बजारमै फर्किने गरेको छ भने मिठाई पसलमा काम गर्ने धेरैजसो कालिगढ भारतीय नागरिक रहेका छन् । चाडपर्वका बेला अन्य व्यवसाय खासै नचल्ने भएकाले मिठाई र फलफुल पसलेहरुले सडकसँगैँ जोडेर स्टल राख्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार