Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चार जिल्लाका पर्यटनको प्रवद्र्धका लागि इलाममा पौष ५ देखि पर्यटन महोत्सव

चार जिल्लाका पर्यटनको प्रवद्र्धका लागि इलाममा पौष ५ देखि पर्यटन महोत्सव

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ६ २०७५


चार जिल्लाका पर्यटनको प्रवद्र्धका लागि इलाममा पौष ५ देखि पर्यटन महोत्सव

इलाम । इलाममा यहीँ पौष ५ गते देखि १६ गते सम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन पर्वद्धन सरोकार मञ्चको आयोजनामा मेचि क्षेत्र पर्यटन महोत्सव १०१८ आयोजन गर्ने भएको हो ।
पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन बिकास गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताउनुभयो ।
इलाम बजार स्थित ठूलो टुडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङ्गका स्थानिय उत्पादन , कला संस्कृति , राष्ट्रिय कलाकारको प्रस्तुती , रमाइलो मेला , ट्राभलहरु बाट प्यकेज बिक्री , जातिय खानाको परिकारहरु , प्रदेश नम्बर १ का होटल व्यवसायी को भेला आयोजना हुनेछ । यस्तै चार जिल्लाका पर्यटन व्यवसायीहरुको भेला , विभिन्न साहित्यीक श्रष्ठाहरु बाट साहित्यिक कार्यक्रम , वृद्ध , वच्चा , र बिधार्थी लक्षित कार्यक्रम , भेडा , चौरी , अबलोकन , घोडचढी लगायतका कार्यक्रम राखिएको छ ।
इलाम लगायत मेचिका पर्यटकीय स्थानको प्रचार प्रसारका लागि यो महोत्सवले सहयोग गर्नेछ । यस्तै इलाको अन्तु, कन्याम, सन्दकपुर, पाथिभरा लगायत पर्यटकीय क्षेत्रको प्रवद्धन गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार