चुलाचुली । चुलाचुली गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको बुधबार सिलान्यास गरिएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित आइतबारेमा निर्माण हुने भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल र प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले संयुक्त रुपमा भवनको सिलान्यास गर्नुभएको हो । वडा नम्बर ४ मा रहेको १९ कठ्ठा जग्गा रहेको क्षेत्रमा एक तले भवन निर्माण हुने गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । २४ महिनामा सम्पन्न हुनेगरि सिलान्यास गरिएको भवन निर्माणका लागि २ करोड ८३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।