Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुरेको पहिरो रोक्न माई नगरपालिकाले कृषि र पशुमा आधारित खेती

चुरेको पहिरो रोक्न माई नगरपालिकाले कृषि र पशुमा आधारित खेती

  • सुजन तिमसिना
  • आइतबार, मंसिर २ २०७५


चुरेको पहिरो रोक्न  माई नगरपालिकाले  कृषि र पशुमा आधारित खेती

इलाम ।  इलामको दक्षिणि माई नगरपालिकाले बर्षैभरी हुने भु–क्षय रोक्न कृषि र पशुपालनमा आधारित परियोजना शुरु गरेको छ । १० वटा वडामा ९ वटा वडा चुरे क्षेत्र रहेको माई नगरपालिका क्षेत्रमा हुने भु–क्षय रोक्न स्थानीय सरकारले कृषि र पशुपालन परियोजना कार्यान्वयनमा ल्याएको हो ।
कमजोर चुरे क्षेत्रको माटो संरक्षण गर्न जंगल बढाउनुपर्ने र भएको जंगललाई संरक्षण गर्नुपर्ने भएकाले पशुपालन तथा भु–क्षय रोक्ने खालको कृषि परियोजना शुरु भएको नगरप्रमुख दिपक थेवेले बताउनुभयो । निर्वाहामुखि कृषि र पशुपालनलाई व्यवसायीक बनाउनका लागि नगर सरकारले एक करोड र १० वटा वडाको १०÷१० लाख गरि एक करोड रुपैयाँ छुट्याएको वहाँले बताउनुभयो ।
समुद्र सतहदेखि ८ सय माथि रहेको चुरे क्षेत्रको माटो बग्न नदिन अर्गानिक कफि खेती विस्तार गर्ने नगरपालिकाले योजना कार्यान्वयन गर्दै आएको छ । भएको संखुवाको जंगल संरक्षण गरि बाँकि खेतीयोग्य क्षेत्रमा अर्गानिक कफि खेती गर्दा माटो बग्न नदिने नगर प्रमुख थेवेको भनाइ छ । कफि खेती विस्तार भएपछि कफिको सितलताका लागि फलफुलका बोट रोप्न लगाउने योजना रहेकाले तीन वर्ष भित्रमा पुरै चुरे क्षेत्रको भु–क्षय रोक्ने योजना रहेको नगर सरकारको योजना रहेको छ । किसानलाई प्राविधिक सेवा, मल बिऊमा अनुदानसँगै कफिको बजारीकरणका लागि स्थानीय सरकारले आफैँ काम गर्ने भएकाले बजारको समस्या नहुने नगर प्रमुख दिपक थेवेले बताउनुभयो ।
यस्तै आठ सय मिटर माथिको पाखा र खाध्यबालि उत्पादन नहुने क्षेत्रमा बाख्रा पालनको योजना नगर सरकारको छ । अष्टे«लियन बोडे जातको बाख्रा पालनका लागि किसानलाई अनुदान दिएर व्यवसायीक बाख्रा पालन गर्ने योजना कार्यान्वयन चालु आर्थिक वर्षदेखि शुरु गरेको हो । बाख्रा पालन गर्दा डालेघाँसको विस्तार गर्ने हुँदा भु– क्षय रोक्न सहयोग गर्ने भएकाले समथर क्षेत्रमा रहेको खाध्यबाली उत्पादन हुने खेतीयोग्य जमिन सुरक्षित बनाउने नगरको योजना रहेको नगर उप प्रमुख बिष्णुमाया आर्चायले बताउनुभयो ।
नगरपालिकाले चुरे क्षेत्रको भु–क्षय रोक्ने योजना अन्तरगत खोला र खोल्सा क्षेत्रमा राँगापालन परियोजना गत आर्थिक वर्षदेखिनै शुरु गरेको छ । तराईका बजारमा राँगाको मासुको माग उच्च रहेको र राँगा पालन गर्दा डाले घाँसको रोपण बढाइने हुँदा खोलाखोल्साको अतिक्रमण रोकिने उप्रमुख बिष्णुमाया आचार्यको भनाइ छ । चुरे संरक्षण योजना अन्तरगत व्यवसायीक र सामुहिक पशुपालन गर्न दानाबारी कृषि सहकारी संस्थासँग सहकार्य गरि व्यवसायीक राँगापालन र माछापालन शुरु गरेको हो । माई नगरपालिकाको ६० प्रतिसत र सहकारी संस्थाको ४० प्रतिशत लगानीमा सामुहिक पशुपालन तथा माछापालन गत आर्थिक वर्षदेखि नै कार्यान्वयनमा ल्याएको माईनगर कार्यपालिकाका सदस्य राजेन्द्रकुमार धमालाले बताउनुभयो ।
आर्थिक वर्ष २०७४÷०७५ मा माई नगरपालिकाले २२ लाख र सहकारी संस्थाले १५ लाख गरि ३७ लाखको लगानीमा राँगापालन शुरु गरको हो । दानाबारी कृषि माई नगरपालिका वडा नम्बर ३ को मुसेटार थापाडाँडामा रहेको २० रोपनी क्षेत्रफलमा गोठ बनाई २६ वटा राँगा र ५० केजी माछाका भुरा लगाइएको नगर प्रमुख दिपक थेवेले बताउनुभयो ।
९५ प्रतिशत चुरे क्षेत्र र ८० प्रतिशत जनता कृषि र पशुपालनमा आवद्ध रहेको माई नगरपालिकाले आफ्नो क्षेत्रको भु–बनोट संरक्षण गर्नका लागि व्यवसायकि कृषि र पशुपालनलाई लगानी गरेको हो । नगर सरकारले उत्पादन भएको कृषि उपज र पशुहरुको बजार व्यवस्थापनका लागि अक्सन मार्केट पनि स्थापना गर्न अध्यय शुरु गरेको माई नगरपालिकाका प्रमुख दिपक थेवेले बताउनुभयो । देशभरको स्थानीय तहमध्ये सबैभन्दा बढी भाग चुरे र वन क्षेत्र रहेको माई नगरपालिकामा ७६ वटा बहुमुल्य तथा लोपउन्मुख सखुवाको जंगल भएका सामुदायीक वन रहेका छन् । २०३६ सालपछि सामुदायीक वनको अतिक्रमण बढ्दै गएपछि चुरे क्षेत्रमा भु–क्षण र चोरी तस्करी बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार