Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नगदेवालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा जोड

नगदेवालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा जोड

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १ २०७५


नगदेवालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा जोड

इलाम ।  गुणस्तरीय कृषि उपज उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । जिम्मेवार व्यवसायको प्रवद्र्धन र नितिगत अवस्थाका बिषयमा आयोजित कार्यक्रमका सहभागिले कृषि उपज उत्पादनमा वृद्धि भएपनि गुणस्तरीय नहुँदा बजारीकरणको समस्या भएको सरोकारवालाहरुको भनाइ छ । कृषि उपज क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार, स्थानीय तहका सरकार प्रमुख र सरोकारवाला निकायले कृषि उपजको क्षेत्रमा सरकारी र गैरसरकारी निकायबाट लगानी बढ्दै गएपनि गुणस्तर र बजारीकरणमा अब लगानी बढाउनुपर्ने बताएका हुन् ।
इलाममा कृषिजन्य सामग्री उत्पादनमा वृद्धि आएपनि गुणस्तर र बजारीकरणको समस्याका कारण किसानमा निरासापन देखिएको र उद्योगहरु पनि धरासायी बन्दै गएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । औद्योगिकरणका लागि कच्चापदार्थ उत्पादन, प्रशोधन केन्द्र स्थापना, गुणस्तर र बजारीकरण आवश्यक रहेको भन्दै मेयर बस्नेतले इलाममा कच्चापदार्थ र प्रशोधन उद्योग पर्याप्त खुलेकाले अब गुणस्तरीय उत्पादन तथा बजारीकरणका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले पूर्वी नेपालमा दूध, अदुवा, अलैची र चियामा लगानी बढाउँदै अब गुणस्तरीय उत्पादन गरि तेस्रो मुलुक निर्यातका लागि संघ सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा इलाम अग्रणि भएपनि सरकारी क्षेत्रबाट व्यवस्थित लगानी गरि गुणस्तर सुधारका लागि बजारीकरणका लागि पहल गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने बरालले बताए ।
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले इलामको चिया क्षेत्रमा काम गर्ने मजदूरको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए । सरकारले नयाँ ज्याला तोकेकाले उद्योगीहरुले त्यो कार्यान्वयन गर्नुपर्नेमा तिमसिनाले बताए । उन्नती समावेशी कार्याक्रम अन्तरगत नेपाल आजिवासी जनजाति पत्रकार महासंघले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले उन्नती समावेशी कार्यक्रमबाट पूर्वी नेपालका ७ जिल्लामा लगानीसँगै कृषिजन्य सामग्रीको उत्पादन बढ्ने भएकाले सरकारले गुणस्तर र बजारीकरणमा सहयोग गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगुले इलामको कृषि क्षेत्रमा समस्या धेरै रहेको र उन्नती कार्यक्रमबाट पत्रकारले खोजी गरि त्यसका समस्यालाई उजागर गर्न उत्प्रेरणासहति सहयोग गरेकोमा धन्यवाद दिए । वहाँले इलामको नगदेवालीको बजारीकरणका लागि सबैपक्ष एक भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमल्सिनाले इलामको नगदेवाली अगार्निकरण, गुणस्तरीय उत्पादनका कमिले बजारमा समस्या आएको बताए । नेपाली चिया क्षेत्रमा उद्योग खुल्ने क्रम बढेपनि कच्चापदार्थ उत्पादन नहुँदा उद्योगको क्षताको करिब ४० प्रतिशत मात्रै कच्चापदार्थ उत्पादन हुँदा खुलेका उद्योग पनि धरासायी बन्दै गएको उनले बताए । इलामको चिया क्षेत्रमा मजदूरको श्रमको समस्याले आन्दोलीत हुने र बन्द हुने हुँदा सरकारी निकायले त्यसलाई समाधान गर्नुपर्ने तिमसिनाले बताए ।
दूग्धजन्य उद्योगको अवस्था पनि धरासायी भएकाले सरकारी निकायले उद्योगमा गुणस्तरीय उत्पादन र बजारीकरणसँगै अर्गानिक बनाउने सहयोग गर्नुपर्ने उनकाे जोड छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपिन राई, केन्द्रिय सदस्य ख्याम भुजेल, इलाम अध्यक्ष राम योङ्गहाङ्ग, इलाम उद्योग बाणिज्य संघका कोषाध्यक्ष देबेन्द्र संकर, चिया किसान, उद्यमी, पत्रकारहरु सन्तो नेम्बाङ्ग, सुजता सुनुवार, ज्ञानु केदेन, काकीराम लावतीले कृषि क्षेत्रमा देखिएको श्रमका समस्या, बजारका समस्या र उत्पादन तथा गुणस्तरका समस्या समाधानका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको समापन गर्दै नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले कृषि क्षेत्रको समस्या समाधानका लागि पत्रकार जगत एक माध्यम भएकाले आफ्ना समस्या उजागर गर्न किसान, उद्यमी र व्यपारीले आवाजहरु बुलन्द गर्नुपर्नेमा जोड दिए । पत्रकारलाई कृषि क्षेत्रमा कलम चलाउनका लागि उत्प्रेरणा सहित कार्यक्रम संचालन गर्न दिएकोमा उन्नती कार्यक्रमलाई अध्यक्ष गुरुङ्ग धन्यवाद दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार