फिक्कल । नेपाल सम्वत ११३९ को अवसरमा इलामको फिक्कलमा भिन्तुना र्याली निकालिनुका साथै मः पुजा कार्यक्रमको सम्पन्न भएको छ । सूर्योदयन गरपालिका १० स्थित फिक्कल माध्यमिक विद्यालयबाट शुरु भएको भिन्तुना र्यालीले फिक्कल बजार परिक्रमा गरेको थियो ।
नेपाल सम्वत न्हुँदया आयोजक समिति ११३९ ले आयोजना गरेको र्यालीका सहभागीले नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा नेपाल दिवसको रुपमा मनाउन माग गरेका छन् ।
६२ बर्षअघि नेपाल सम्वत नेपालको मौलिक सम्वत भनेर संयुक्त राष्ट्र संघमा दर्ता गरेर सदस्यता प्राप्त पाएपछि यस दिनलाई नेपाल दिवसको रुपमा मनाउने गरिएको छ । र्यालीमा परम्परागत भेषभुषा, साँस्कृतिक बाजागाजासहित वडा नम्बर १० का श्रेष्ठ समुदायको उपस्थिति थियो ।
भिन्तुना र्यालीमा नेवारी संस्कृतिमा आधारित बिभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरेका थिए । र्यालीको समापन पछि फिक्कल उच्च माध्यमिक विद्यालयमा पुगेर मःह पुजाको आयोजना गरेको थियो । नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौँ ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्बत चलाएका हुन् ।
सरकारले नेपाल सम्बतका प्रबर्धक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।