Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काठमाडौँमा रगत अभाव भएपछि इलामका गाउँमा संकलन

काठमाडौँमा रगत अभाव भएपछि इलामका गाउँमा संकलन

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक १९ २०७५


काठमाडौँमा रगत अभाव भएपछि इलामका गाउँमा संकलन

इलाम ।  काठमाडौँका अस्पतालबाट रगतको माग बढी भएपछि नेपाल रेडक्रश शोसाइटी केन्द्रिय कार्यालयले इलामका ग्रामीण क्षेत्रमा रगत संकलन शुरु गरेको छ । नेपाल रेडक्रश शोसाइटी सूर्योदय नगरपालिका कन्याम उपशाखा र लाइफलाइन अस्पताल दमकको प्राविधिक सहयोगमा पूर्वी इलामका ग्रामीण क्षेत्रमा रगत संकलन गरिएको हो ।
रेडक्रश शोसाइटी केन्द्रिय रत्तसंचार विभागले इलामबाट २ सय पिन्ट रगत संकलन गरि काठमाडौँ पठाउन निर्देशन गरेपछि पूर्वी इलामका ग्रामीण क्षेत्रमा रक्तदान कार्यक्रम गरि रगत संकलन गरिँदै आएको छ । लाइन्स क्लव दमकको संयोजनमा भइरहेको रक्तदान कार्यक्रम अन्तरगत शुक्रबार ४१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम सूर्योदय नगरपालिका ४ जनक माध्यमिक विद्यालय र अन्तु भञ्ज्याङ्गमा रक्तदान कार्यक्रम गरिएको थियो ।
यस्तै रगत संकलन कार्यक्रम अन्तरगत आज सूर्योदय नगरपालिका ८ स्थित पालटागि र सिद्धिगाउँमा रक्तदान कार्यक्रम आयोजना गरि  ३०  पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रश शोसाइटी कन्याम उपशाखाका कोषाध्यक्ष टिकाराम अधिकारीले बताउनुभयो । केन्द्रिय कार्यालयले २ सय पिन्ट रगत पठाउने गरेको निर्देशन अनुसार रगत संकलन नहुन्जेलसम्म ग्रामीण क्षेत्रमा रत्तदान कार्यक्रम संचालन गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । यस्तै रक्तदान कार्यक्रममा नेपाल रेडक्रश सोशाइटी इलाम जिल्ला सदस्य वेदप्रसाद गिरी, नेपाल रेडक्रश उपशाखा कन्यामका कोषाध्यक्ष टिकाराम अधिकारी र प्रेम गरिलाई लाइन्स क्लव अफ दमकले सम्मान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार