Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा अायाेजित प्रथम अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि काठमाडौँलाई

इलाममा अायाेजित प्रथम अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि काठमाडौँलाई

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ९ २०७५


इलाममा अायाेजित प्रथम अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि काठमाडौँलाई

इलाम । ४० वर्ष माथिका खेलाडीलाई पुनः खेलमा फर्काउने उदेश्यले पूर्वी इलामको सुर्योदय नगरपालिका–९ मा प्रथम अन्तराष्ट्रिय समृद्ध भेट्रान्स नकाउट फुटबल प्रतियोगिताको काठमाडौँ भेट्रान्स बिजयी भएको छ । आज सम्पन्न फाइनल खेलमा दार्जिलिङ्ग भेट्रान्सलाई ० का विरुद्ध ३ गोल गर्दै उपाधि हात पारेको हो ।
समृद्ध युवा समाज रक्फोकको आयोजनामा र फिक्कल टी एन्ड कफी कम्पनी लिमिटेडको प्रायोजनमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा इलामकको सुर्योदय नगरपालिका स्थित सुन्दरपानि भेनस भेट्रान्स क्लब तेस्रो भएको छ ।
६ साइडमा खेलाइएको प्रतियोगितको प्रथम टिमले ५० हजार, दोस्रोले ३० हजार र तस्रोले १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ ।
सुर्योदय नगरपालिका–९ को चन्द्र गाउन्डमा संचालन रहेको प्रतियोगिताको बिजेता उपविजेता र तेस्रो बिजेता टिमलाई सूर्योदयन गरपालिकाका मेयर रणबहादूर राई, समाजसेवी दोर्जे लामा, सूर्योदय नगरपालिकाका प्रवत्ता पेमाउगेन लामा, जिल्ला खेलकुद विकास समितिका सदस्य खगेन्द्र बास्तोला, फिक्कल टी एन्ड कफी कम्पनी लिमिटेडका अध्यक्ष दिप लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको बिजेता टिमले काठमाडौँ भेट्रान्स क्लबले आफ्नो पुरस्कार राशी नगद ५० हजार रुपैयाँ आयोजक समृद्ध युवा समाजका अध्यक्ष मानविर लाप्चालाई फिर्ता दिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी दमक भेट्रान्सका नारायण योङ्हाङ्ग घोषीत भएभने प्लेयर अफ् द टुनामेन्ट दार्जिलिङ्गका उमेश थापा घोषित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार