इलाम । मन्त्रीपरिषद्ले असोज १९ गते इलाम सदरमुकाममा रहेको संघीय सरकार अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय झापा सार्ने भनि गरेको निर्णय त्रुटिपूर्ण भएको भन्दै निर्णय सच्याउन नेकपा इलामले ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेको छ ।
साविकमा यस कार्यालयबाट बितरण हुँदै आएका सेवा सुविधाबाट इलाम, पाँचथर र ताप्लेजुवासी बन्चित हुनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
नेकपा इलामका अध्यक्ष भक्त केशी द्धारा प्रकाशित विज्ञप्तीमा भनिएको छ संघीय सरकार अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना साविक शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय को कार्यालय झापा सार्ने निर्णय तत्काल सच्याएर इलाममा नै कायम गर्न जोडदार माग गर्दछौ ।