सुर्योदय । ४० वर्ष माथिका खेलाडीलाई पुनः खेलमा फर्काउने उदेश्यले पूर्वी इलामको सुर्योदय नगरपालिका–९ मा प्रथम अन्तराष्ट्रिय समृद्ध भेट्रान्स नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । समृद्ध युवा समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन ६ वटा खेल सम्पन्न भएका छन् ।
फिक्कल टी एन्ड कफी कम्पनी लिमिटेडको प्रायोजनमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिता अन्र्तगत आजको सुन्दरपानी भेनस र जोगमाईविचको खेलमा सन्दरपानी भेनस विजयी भएको । त्यसैगरी दोश्रो खेलमा सूर्योदय भेट्रान्स क्लब बिजयी भएको छ भने तेस्रो खेलमा इलामकै तिनघरे भ्याट्रन्स बिजयी भएको छ ।
चौथो खेलमा सीव सतासी भेट्रान्स बिजयी भएको छ भने पाँचौ खेलमा भारतको दार्जिलिङ्ग भेट्रान्स बिजयी भएको थियो । यस्तै छैटो खेलमा झापा जिल्लाको दमक भेट्रान्स बिजयी भएको आयोजक समितिका अध्यक्ष मानविर लाप्चाले बताए ।
६ साइडमा खेलाइने प्रतियोगितमा हरेक टिममा २ जना खेलाडी ३५ देखी ४० बर्ष विचको खेलाउन पाउनेछ भने अन्य खेलाडीहरु ४० बर्ष माथीको खेलाडी सहभागि हुने व्यवस्था गरिएको थियो । सुर्योदय नगरपालिका–९ को चन्द्र गाउन्डमा संचालन रहेको प्रतियोगिताको बिजेता टिमले ५० हजार, उपविजेता ३५ हजार र सान्तवना टिमले १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैँया लाग्ने आयोजक समितीको जनाएको छ ।
समृद्ध युवा समाजका अध्यक्ष मान बहादूर लेप्चाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि सूर्योदय नगरपालिकाका मेयर रणबहादूर राई, वडा नम्बर ९ का अध्यक्ष देबेन्द्र सर्मा, जिल्ला फुटबल संघका सदस्य ज्ञानु राई, जिल्ला खेलकुद विकास समितिका सदस्य खगेन्द्र बास्तोला फिक्कल टि एण्ड कफि कम्पनीका गजेन्द्र काजीले खेल क्षेत्रको विकासमा लागि समृद्ध भेट्रान्स नकाउट फुटबल प्रतियोगिताको महत्वपूर्ण भुमिका खेल्ने बताए ।