फिक्कल । इलामको फिक्कलमा संचारकर्मीहरुबिच बडादशैको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो बुद्धवाणी एफएम र स्थानिय सन्देश साप्ताहिकद्धारा आयोजित कार्यक्रममा सुर्योदय नगरपालिका, रोङ गाँउपालिका र झापाका गरी २७ जना संचारकर्मीहरुको सहभागीता रहेको थियो । नेपाल पत्रकार महासंघ इलामका सल्लाहकार एवम अग्रज पत्रकार प्रभाकर प्रधानको प्रमुख आतिथ्यतामा भएको शुभकामना कार्यक्रममा धडकन शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा अग्रज पत्रकार हरिप्रसाद लुइटेल, बुद्धवाणी एफएमका कार्यक्रम संयोजक जिवन शर्मा, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष एवम संचार उद्यमी सुजन तिमसिना, रेडियो फिक्कलका समाचार प्रमुख राजकुमार दाहाल, साहित्यकार कुलप्रसाद ढकाल, पत्रकार गोविन्द पौडेल, गोपाल निरौला, प्रिया राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रधानले संचार क्षेत्रमा दिनानुदिन संचारकर्मीहरुको संख्यामा बृद्धि भएपनि गुणस्तरमा सुधार आउँन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनले सत्य तथ्य समाचार सम्प्रेषणका लागी यो कार्यक्रमबाट सुरुवात गर्न आग्रह गरे ।
सोही कार्यक्रममा संचार उद्यमी सुजन तिमसिनाले स्थानिय सन्देश साप्ताहिक पत्रिकामा लामो समयसम्म काम गरेका साप्ताहिकका सहसम्पादक नमीन ढकाललाई ५८ हजार बराबरको क्यामरा र ट्रयाइपोड सहित सम्मान गरेका छन । ढकाललाई क्यामरा प्रमुख अतिथी प्रधान र महासंघका सदस्य गोपाल निरौलाले प्रदान गरे । उक्त कार्यक्रम रेडियोका अध्यक्ष दिनेश महतको अध्यक्षतामा भएको थियो । सधै समाजका लागी व्यस्त रहने संचारकर्मीहरुबिच थोरै समय निकालेर कार्यक्रम आयोजना गरिएको महतले बताए ।