Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका विदुर बने नेपालकै पहिलो चेसको अन्तराष्ट्रिय आयोजक

इलामका विदुर बने नेपालकै पहिलो चेसको अन्तराष्ट्रिय आयोजक

  • नमीन ढकाल
  • शुक्रबार, असोज २६ २०७५


इलामका विदुर बने नेपालकै पहिलो चेसको अन्तराष्ट्रिय आयोजक

इलाम । जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासंघको ८९ औ फिडे कंग्रेसबाट इलामका विदुर गौतम अन्तराष्ट्रिय आयोजकको उपाधी प्राप्त गरेका छन । नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष गौतम अन्तराष्ट्रिय आयोकज प्राप्त गर्ने पहिलो नेपाली हुन । सन २०११ जुन ४ देखी ७ सम्म युएइको अल–एनमा भएको दोश्रो प्रेसिडेन्ट बोर्ड मिटिङबाट अन्तराष्ट्रिय आर्विटरको उपाधी प्राप्त गरेका उनीले सेप्टेम्बरमै बिश्व बुद्धिचाल महासंघ अन्तर्गत सी लेभलको अन्तरास्ट्रिय आर्बिटर समेत बनेका छन ।

सेप्टेम्बर २६ देखी ६ अक्टोबरको ८९ औ फिडे कंग्रेसबाट उनी अन्तराष्ट्रिय आयोजकको उपाधी पाउन सफल भएका हुन । सन २०१४ मा उनी बुद्धिचालको राष्ट्रिय प्रशिक्षक समेत बनेका छन । उनकै पहलमा इलाममा २०७३ जेठ ७ गतेबाट १० गतेसम्म १९ औ राष्ट्रिय बुद्धिचाल र चौथो महिला च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको थियो । गत बर्ष असोज ३ गतेबाट टंकमाया गौतम स्मृती चेस प्रतियोगिता आफनो गृह नगर देउमाइमा सम्पन्न गरेका थिए ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार