Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई प्रति परिवार सात हजार राहत

सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई प्रति परिवार सात हजार राहत

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २३ २०७५


सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई प्रति परिवार सात हजार राहत

इलाम । प्रदेश १ सरकारले पाँचथर, धनकुटा र तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई प्रतिपरिवार सात हजार ५०० रुपैयाँ राहत दिने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकले यसअघि गठित सुख्खाग्रस्त क्षेत्र अनुगमन टोलीको प्रतिवेदन स्वीकार गर्दै पाँचथरको तुम्बेवा, कुम्मायक गाउँपालिका, तेह्रथुमको छथर र धनकुटाको चौबिसे गाउँपालिकाका जनतालाई तत्कालीन, अल्पकालीन र दीर्घकालीन राहत दिने निर्णय गरेको हो। सुख्खाग्रस्त क्षेत्रमा पूर्ण क्षतिग्रस्त भएका प्रतिपरिवारलाई सात हजार ५०० रुपैयाँका राहत प्रदान गर्ने र तुम्बेवाको खानेपानी समस्या समाधान गर्न खानेपानी बोक्ने ट्यांकर उपलब्ध गराउन आवश्यक बजेट दिने पनि निर्णय गरेको छ।

बैठकले प्रदेशसभाको चालु अधिवेशन असोज २३ देखि अन्त्य गर्ने, इलामको रोङ गाउँपालिकाको केन्द्र परिवर्तनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने पनि निर्णय गरेको छ। यस्तै, कोसी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७५ को मस्यौदा स्वीकृति प्रदान गर्ने र प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा लैजाने नियर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार