Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल शिक्षक महासंघ इलामको चुनाव अनिश्चित

नेपाल शिक्षक महासंघ इलामको चुनाव अनिश्चित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज १९ २०७५


नेपाल शिक्षक महासंघ इलामको चुनाव अनिश्चित

इलाम ।  नेपाल शिक्षक महासंघ इलामको आगामी असोज २० गते नयाँ नेतृत्वको लागी तोकिएको चुनाव अनिश्चित भएको छ । नेपाल शिक्षक संघले विधान विपरित नेपाल शिक्षक महासंघको चुनाव हुन नदिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक सङगठन र एकीकृत अखिल नेपाल शिक्षक सङगठनले प्रेस विज्ञप्ती जारी गरेपछि चुनाव अनिश्चित भएको हो । नेपाल राष्ट्रिय शिक्षक सङगठन र एकीकृत अखिल नेपाल शिक्षक सङगठनले आउँदो असोज २० गतेका लागि तोकिएको नेपाल शिक्षक महासंघको चुनावलाई विधान विपरीत नेपाल शिक्षक संघले हुन नदिएको भन्दै विहिवार पत्रकार सम्मेलन गरेर आपती जनाएका हुन ।

राजेन्द्र चौहान र प्रकाश खनालद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्ती जारी गदै शिक्षक संघले लोकतन्त्रको धज्जी उडाउँदै अधिवेशन भाँड्ने काम गरेको जनाएका छन । एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्र चौहानका अनुसार सङघले विधान विपरीत अवकाश प्राप्त शिक्षक, कर्मचारी र राजीनामा दिएका शिक्षकलाई समेत मताधिकार बनाउन कार्यविधि निर्माण गर्नुपर्ने अडान राखेपछि चुनाव हुन नसकेको हो ।
‘विधानको परिच्छेद ३ को दफा ७ को उपदफा २ (ख)को व्यवस्था विपरीत नेपाल शिक्षक सङघले अवकास प्राप्त शिक्षक, अन्तरजिल्ला सरुवा भएका कर्मचारी तथा शिक्षकलाई पनि मतदाता बनाउनु पर्ने माग गरेपछि चुनाव नभएको हो ।’ चौहानले भने ,‘त्यसपछि हामीले पनि महासंघमा रहेका हाम्रा सङगठनका पदाधिकारीहरु फिर्ता बोलायौ ।’
अघि पनि पटक–पटक चुनाव गर्न खोज्दा विभिन्न कारणले अवरोध सिर्जना भएको र यस पटक पनि संघले ‘लोकतान्त्रिक मूल्य मान्यतामाथि धज्जी उडाएको’ संगठनहरुको आरोप छ । अखिल नेपाल शिक्षक सङगठनले बिहीबार पत्रकार सम्मेलन गर्दै शिक्षक संघले ‘लोकतन्त्रको धज्जी उडाउँदै अधिवेशन भाँड्ने’ काम गरेको जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार