Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

पुर्व दौडाहमा उपन्यास ‘वराङ्गना’ (भिडियो सहित)

पुर्व दौडाहमा उपन्यास ‘वराङ्गना’ (भिडियो सहित)

  • नमीन ढकाल
  • आइतबार, असोज १४ २०७५


पुर्व दौडाहमा उपन्यास ‘वराङ्गना’ (भिडियो सहित)

इलाम । नायिका सोविता सिम्खडाको उपन्यास वराङ्गना लिएर बुलबुल पव्लिकेसन पुर्व दौहाडमा निस्किएको छ । असोज ५ गते विमोचन गरिएको उपन्यास लिएर पव्लिकेसन असोज १२ गतेबाट पुर्वका विभिन्न स्थानमा पुस्तक चर्चा एवम भेटघाट कार्यक्रम गरिरहेको छ । असोज १३ गते धरमपुर झापा, १४ गते विर्तामोड र फिक्कल इलाममा पुस्तकको बिषयमा साहित्यकार एवम पत्रकारहरुसंग चर्चा गरिएको छ ।

दौहाडमा उपन्यासका लेखक सिम्खडा, बुलबुल पव्लिेकसनका अध्यक्ष ध्रुव केसी, चर्चित रेडियोकर्मी एवम उज्यालो नेटर्वकका कार्यक्रम संयोजक अच्युत घिमिरे र संचारकर्मी निराजन भण्डारी हिडेका छन । पुस्तकको बिषयमा बोल्दै लेखक सिम्खडाले वराङ्गनाले उज्यालो खोज्न समाज र राज्य संग एउटी दलित युवती जुनकीरीको संर्घषको कथालाई उतारेको बताइन । ३ बर्ष लगाएर लेखिएको उपन्यासले गाँउ देखी सहरसम्म एउटी दलित युवतीले ब्राहमण परिवारको केटासंग प्रेम गरेर समाजसंग संर्घष गर्दै आफुलाई कसरी अब्बल तुल्याउछे भन्ने कुरालाई प्रष्फुटित गरेको सिम्खडाले बताइन ।

एक दर्जन नेपाली सिनेमामा अभियान गरेकी सिम्खडाको वराङ्गना पहिलो कृति हो । वराङ्गगना यात्रा २०७५ नाम दिएर सुरु गरिएको यात्रा असोज १५ गते इलाम सदरमुकाममा साहित्यकार एवम संचारकर्मीहरुसंग हुनेछ । पहिलो चरणमा पुर्वको विराटनगर, इटहरी, धरान, काँकडभिट्टा, झोराहटमा भेटघाट गरिनेछ भने दोश्रो चरणमा बर्दिवास देखी मकवानपुरको दाउन्ने, तेश्रो चरणमा रुपन्देही, पाल्पा, पोखरा हुँदै दाङसम्मको यात्रा गर्नेछ । त्यसैगरी अन्तिम चरणमा कर्णाली र सुदुरपश्चिममा चर्चा गरिने बुलबुल पव्लिकेसनका प्रमुख एवम संचारकर्मी अच्युत घिमिरेले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार