Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्याब्सन सुर्योदय नगर अध्यक्षमा लाकेल लामा सर्वसम्मत निर्वाचित

प्याब्सन सुर्योदय नगर अध्यक्षमा लाकेल लामा सर्वसम्मत निर्वाचित

  • सन्देश सम्बाददाता
  • सोमबार, असोज ८ २०७५


प्याब्सन सुर्योदय नगर अध्यक्षमा लाकेल लामा सर्वसम्मत निर्वाचित

इलाम  । निजि तथा आवसीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन सुर्योदय नगर कार्यसमितिको प्रथम एेतिहासिक अधिबेशन लाकेल लामाको अध्यक्षतामा सर्वसम्मत नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
नौ सदसीय समितिको उपाध्यक्षमा दिनेश घिसिङ सचिवमा टेकु पुलामी कोषाध्यक्षमा किशोर राई निर्वाचित भएका छन । नवनिर्वाचित समितिका सदस्यहरुमा पुर्ण बहादुर राई,सबिता सुब्बा,खेम कुमार गुरुङ,दिपक गुरुङ र इन्द्र गुरुङ रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष लामा इस्टपोईन्ट अग्रेजी स्कुल बौद्धधामका सस्थापक प्रिन्सीपल हुन ।

सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामाले आफनो कार्यकालमा सबै सगँ सहकार्य समन्व गरेर अगाडी बढने प्रतिबद्धता जनाउदै सबैबाट सहयोग साथको अपेक्षा राखे ।
प्याब्सन नगर तदर्थ समितिका सयोंजक रगुन गुरुङको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यताा सम्पन्न कार्यक्रममा प्याब्सन प्रदेश नम्बर १ का सहल्लाकार युवराज बासिष्ठ , प्याबसन इलामका अध्यक्ष बिकास कर्मचार्य, प्याबसन प्रदेश नम्बर १ का सहकोषध्यक्ष प्रकाश भत्तराज नेपाल शिक्षक सघँ नगर कार्यसमिति अध्यक्ष उद्धव पौडेल नेपाल शिक्षक सगँठन नगर कार्यसमिति अध्यक्ष नरेन्द्र खत्री , इलामका बिभिन्न स्थानीय तहका प्याब्सन अध्यक्ष बिभिन्न बिद्यालयका प्रधानाध्यापक शिक्षक बिद्यार्थी पत्रकार सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अधिबेशनको औपचारीक उद्घाटन पछि बोल्दै नगर प्रमुख राईले निजि तथा सामुदायिक बिद्यालय लाई एकै नजरले हेर्ने बताउदै नगरको शिक्षामा राम्रो योगदान दिदै आएको प्याबसन सगँ नगरपालिका हातेमालो गरेर जाने प्रतिबद्धता जनाए । सहि प्रभावकारी तथा ब्यवसायीक शिक्षा आजको आवश्यत्ता भएको बताउदै राईले यसतर्फ लाग्न प्याब्सन लाई आग्रह गरे ।प्याब्सन प्रदेश नम्बर १ का सहल्लाकार बासिष्ठले सरकारले ल्याएको शिक्षा नितिमा आफुहरुको केहि असहमति रहेको बताए ।

उनले १५ प्रतिशत बिद्यार्थीलाई अनिवार्य छात्रबृद्धि उपलब्ध गराउनु पर्ने नियमले निक्कै सिमित स्रोतमा चलिरहेको निजि बिद्यालयलाई असर पर्ने बताउदै यसलाई सच्चाएर अगाडी बढन आग्रह गरे । प्याब्सन इलामका अध्यक्ष कर्मचार्यले इलामका निजि तथा सस्थांगत बिद्यालयहरुले निक्कै ठुलो योग्दान दिईरहेकोले राज्यले निजि बिद्यालयको योग्दानको कदर गर्न जरुरी रहेको बताए । उनले स्थानीय सरकार सगँ आफुहरु हातेमालो गरेर अगाडी बढन चाहिरहेको स्पष्ट पारे । उनले सूर्योदय नगरपालिकाले खेलीरहेको सकरात्मक भुमिका प्रति नगरप्रमुख लाई धन्यवाद दिए ।  निर्वातमान सयोंजक गुरुङले देशमै न्यूनतम शुल्कमा शिक्षा इलाममा निजि बिद्यालयले दिईरहेको भन्दै अव बन्ने नया समितिले कसरी राम्रो गुणष्तरीय शिक्षा दिन सकिन्छ र सबैलाई समेटन सकिन्छ भन्ने बारेमा सोच्नु पर्ने खाचो औल्याए।

सुर्याेदय नगरपालिकाका ३१ वटा निजि बिद्यालय प्याबसनमा आबद्ध रहेका छन भने करिव ९ हजार ५ सय बिद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा गोल्डेन फ्युचर स्कुल पशुपति नेशनल एकेडमी गोल्डेन ह्याभन स्कुल लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । गोल्डेन फ्युचर गार्डन स्कुल हर्कटेकी शिक्षिका तीला कुमारी गुरुङ र सनराईज अग्रेजी स्कुल फिक्कलका प्रेम चन्द्र खतिवडालाई उहाँहरुको योग्दानको कदर गर्दै सम्मान पत्र मायाको चिनो तथा दोसहल्ला ओडाएर सम्मान गरीएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार