Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा–११ र दार्जिलिङ बिजयी बन्दै क्वाटरफाइनलमा

झापा–११ र दार्जिलिङ बिजयी बन्दै क्वाटरफाइनलमा

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ६ २०७५


झापा–११ र दार्जिलिङ बिजयी बन्दै क्वाटरफाइनलमा

मानेभञ्ज्याङ । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा शुक्रबारको खेलमा झापा ११ र दार्जिलिङ युनाइटेड बिजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन । विहिवार हुनुपर्ने शेर फुटबल क्लब कालेम्पोङ र दार्जिलिङबिचको खेलमा प्राविधिक समस्या आएपछि आज संचालन गरिएको थियो ।

खेलमा दार्जिलिङ २–० ले बिजयी बन्यो । उस्का लागी सुव्रोतो सोरेन र करण राईले गोल गरे । खेलको म्यान अफ दि म्याच करन राई घोषित भए । त्यसैगरी झापा टाइवे्रकरमा बिजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन झापाले प्रि–क्वाटरफाइनल खेलमा प्लेइङ सेभेन फाटकलाई टाइवेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । खेलमा दुवै टिमबाट २–२ गोल भएको थियो । झापाका सन्जोग राईले १ गोल गरेका थिए भने १ गोल उपहार पाएको थियो । फाटकका राम गोलेले आत्मघाती गोल गरेका थिए ।

 

त्यसैगरी प्लेइङ सेभेनका दर्शन गुरुङ र पुजन मगरले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच झापाका रेजिन सुव्वा घोषित भए । २२ टिम सहभागी प्रतियोगिताको बिजेताले नेपाली ३ लाख २० हजार नगद र उपविजेताले नगद १ लाख ६० हजार प्राप्त गर्नेछ । त्यसैगरी सेमीफाइनल पुग्ने टिमले ४० हजार प्राप्त गर्नेछ । प्रतियोगिता अन्र्तगत शनिवार डव्लु विएफ कोलकत्ता र गुम बोइज तथा टिकेकेएस दार्जिलिङ र नर्थबंगाल आर्मपोलिस सिलिगुडी भिडदैछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार