Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विरेन्द्र माध्यमिक विद्यालयको ५७ औ बार्षिक उत्सब सम्पन्न (भिडियो सहित)

विरेन्द्र माध्यमिक विद्यालयको ५७ औ बार्षिक उत्सब सम्पन्न (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ३ २०७५


विरेन्द्र माध्यमिक विद्यालयको ५७ औ बार्षिक उत्सब सम्पन्न (भिडियो सहित)

फिक्कल ।  सुर्योदय नगरपालिका–११ को बिरेन्द्र माध्यमिक विद्यालयको को ५७ औ बार्शिक उत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिल्लीराम आर्चायको सभापतित्व र वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको बार्षिक उत्सबको अवसरमा शिक्षक तथा बिद्यार्थी बिदाइ,सामाजिक परिक्षण प्रतिबेदन प्रस्तुत,तथा नृत्य र गायन प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक दल बहादुर सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रममा शिक्षक पबिन सापकोटालाई बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष आचार्यले दोसल्ला तथा प्रशंसापत्रले सम्मान गर्दै बिदाइ गरेका थिए । त्यस्तै २०७४ सालको एसइई परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई पुष्प गुच्छा तथा मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको थियो । कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ को आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वडा नं ११ का अध्यक्ष टेक बहादुर राइले मन्तब्य राखेका थिए । कक्षा ९ का विद्यार्थी सन्ध्या भट्टराई र सकिला लेप्चाले कार्यक्रम सन्चालन गरेकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार