Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

आयोजक र मुनाल एफसी बिजयी बन्दै प्रि–क्वाटरफाइनलमा

आयोजक र मुनाल एफसी बिजयी बन्दै प्रि–क्वाटरफाइनलमा

  • नमीन ढकाल
  • सोमबार, असोज १ २०७५


आयोजक र मुनाल एफसी बिजयी बन्दै प्रि–क्वाटरफाइनलमा

मानेभञ्ज्याङ । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा आजको खेलमा आयोजक र मुनाल एफसी सोनाडा भारत विजयी भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलामा आयोजक मानेभञ्ज्याङ फुटबल क्लबले भिभा स्र्पोटिङ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

आयोजको जितमा कप्तान एलिक सुव्वा, रिपत राई, लाक्पा तेन्जी भुटिया र दाबा भुटियाले गोल गरे भने भिभाका कप्तान आशिस लिम्बुले सान्तवना गोल फर्काए । खेलको म्यान अफ दि म्याच आयोजकका गोलरक्षक रमेश तामाङ घोषित भए । त्यसैगरी दोश्रो खेलमा मुनाल एफसीले रंगबुल एफसीलाई टाइवेकरमा ५–४ गोल अन्तरले हराउँदै प्रि–क्वाटर फाइनल प्रवेश गरेको छ । निर्धारित ७० मिनेटर थपिएको अतिरिक्त समयमा दुबै टिमबाट गोल नभएपछि निर्णय टाइवेकरबाट निर्णय लिइएको हो । खेलको म्यान अफ दि म्याच मुनालका अकिव घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोली एसएससी सिमलबारी र फिक्कल एफसी भिडदैछन । आजको खेलमा बिजयी भएको आयोजकले असोज ७ गते ( २३ सेप्टेम्बर) मा विराटनगर ११ संग प्रतिस्पर्धा गर्दैछ भने मुनालले चर्च व्वाइज काठमाण्डौसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार