Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

गुम बोइज र टिकेकेएस बिजयी

गुम बोइज र टिकेकेएस बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज १ २०७५


गुम बोइज र टिकेकेएस बिजयी

मानेभञ्ज्याङ । नेपाल भारत सिमानाको मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपको दोश्रो दिन गुम बोइज युथ क्लब र टिकेकेएस दार्जिलिङ बिजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमा गुम बोइजले दुधियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ । गुमबोइजको तर्फबाट सिद्धान्तले २ गोल, भाइचुङ र आर्दशले समान १÷१ गोल गरे भने दुधियाका विरेन प्रधान र विजय राईले १÷१ गोल गरेका थिए ।

त्यसैगरी दोश्रो खेलमा टिकेकेएसले अमुक्त परिवार सिलिगुडीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । दार्जिलिङका लागी प्रनेशले २ गोल र गान्टोले १ गोल गरे भने अमुक्त परिवारका निमोङ लामा र पेमा लामाले १÷१ गोल गरे । त्यसैगरी आज आयोजक मानेभञ्ज्याङ फुटबल क्लबले भिभा दार्जिलिङ र मुनाल एफसी सोनाडाले विआरएफसी रंगबुलको सामना गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार