Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सानीमाई सहकारीको चिया उद्योग स्थापना

सानीमाई सहकारीको चिया उद्योग स्थापना

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र ३१ २०७५


सानीमाई सहकारीको चिया उद्योग स्थापना

 

फाइल तस्विर

सन्दकपुर । इलामको सन्दकपुर गाँउपालिका– ३ सुलुवुङ र इलाम नगरपालिका–२ सुम्बेकको सिमानामा चिया उद्योग स्थापना गरिएको छ । सानीमाई चिया उत्पादक सहकारी संस्थाले उन्नती परियोजनाको सहयोगमा १ करोड ५२ लाखको लागतमा चिया उद्योग स्थापना गरेको हो ।उद्योगका लागी उन्नतीले ४९ लाख र बाँकी रकम सहकारीका सदस्यहरुबाट संकलन गरिएको विष्णु गडतौलाले जानकारी दिए ।

दैनिक १५०० केजी उत्पादन क्षमताको उद्योगको एक कार्यक्रमका विच जिल्ला समन्वय समिती प्रमुख गणेश बरालले उद्धघाटन गरेका छन ।संस्थाका अध्यक्ष गोविन्द खतिवडाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा सन्दकपुर ३ का अध्यक्ष कृष्ण पाठक, इलाम नगरपालिका २ का अध्यक्ष नारद लम्साल, उद्योग वाणिज्य महासंघ इलामका द्धितिय उपाध्यक्ष इश्वर चिपालु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार