Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

साफमा पहिलो पटक इतिहास रच्ने दाउमा नेपाल

साफमा पहिलो पटक इतिहास रच्ने दाउमा नेपाल

  • नमीन ढकाल
  • बुधबार, भाद्र २७ २०७५


साफमा पहिलो पटक इतिहास रच्ने दाउमा नेपाल

 इलाम । फुटबलको लागि भाग्यमानी भुमि बंगवन्धु रंगशालामा नेपाल माल्दिभ्सविरुद्ध १२ फेव्रुअरी २०१६ को नतिजा दोह्रोयाउन चाहन्छ। १२ औ सागको सेमीफाइनलमा नवयुग श्रेष्ठको ह्रयाट्रिकको मद्दतमा ४–३ ले हराए यता २ वर्षपछि नेपाल पहिलो पटक बुधबार माल्दिभ्ससँग भिडदैछ। पहिलो पटक साफमा माल्दिभ्सलाई हराउँदै बंगवन्धु रंगशालामा तेश्रो उपाधि होडमा नेपाल अगाडी बढन चाहन्छ।

सन २०१३ को सेमीफाइनलमा पुगेको नेपाल सन २०१५ को संस्करणमा समुह चरणबाटै बाहिरियो। साफ गेममा माल्दिभ्ससंग ७ पटक आमने सामने भएको नेपालले हालसम्म एउटा पनि जित निकाल्न सकेको छैन। आजको खेल नेपालको लागि इतिहास रच्ने एउटा अवसर हुन सक्छ। साफमा माल्दिभ्सविरुद्धको हार खडेरी तोडने र पहिलो पटक उपाधी होडमा अघि बढ्ने।

साफमा पहिलो पटक नेपाल १९९९ मा समुह चरणमा माल्दिभ्ससंग भिडेका थियो। जस्मा नेपाल ३–२ गोल अन्तरले पराजित बनेको थियो। नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १६ प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ५ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ। बाँकी ७ खेल माल्दिभ्सको पक्षमा छ।

साफ सुजुकी कप २०१८ मा माल्दिभ्स समुह चरणको खेलमा श्रीलंकासँग गोलरहित बराबरी र भारतसंग २–० ले पराजित बन्दै टसको सहाराबाट सेमीफाइनल पुगेको हो। श्रीलंकासँग अंक र गोल अन्तर बराबर भएपछि भाग्यको साथ पाएर अन्तिम चारमा पुगेको हो माल्दिभ्स। नेपाल सुरुवाती खेलमा पाकिस्तानसंग २–१ गोल अन्तरले पराजित भएपनि दोश्रो खेलमा भुटानलाई ४–० र बंगलादेशलाई २–० ले हराउँदै गोल अन्तरको आधारमा समुह विजेताको रुपमा सेमीफाइनलसम्म पुगेको हो।

प्रथम संस्करणको साफ १९९३ बाटै सहभागिता जनाएको नेपाल छैटो पटक सेमीफाइनल पुगेको हो। १९९७ बाट साफमा सहभागीता जनाएको माल्दिभ्स १० औं पटक सेमीफाइनल खेल्दैछ। माल्दिभ्स सन २००८ को विजेता तथा १९९७, २००३ र २००९ को उपविजेता समेत हो। साफ गेममा माल्दिभ्स भारतपछिको दोश्रो सफल टोली मानिन्छ। उस्ले १९९७ यता आयोजना भएको ९ वटा साफको कम्तीमा सेमिफाइनल सम्म स्थान बनाउन सफल भएको छ। यता नेपालले सहभागिता जनाएको ११ प्रतियोगिता मध्ये ५ पटक मात्र सेमीफाइनल सम्म पुग्न सफल भयो।

यस्तो छ साफमा नेपाल र माल्दिभ्सबिचको प्रतिस्पर्धा

नेपाल र माल्दिभ्सविच साफ च्याम्पियनसिपमा सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। १९९९ को साफमा समुह चरणमा ३–२ ले हारेको नेपाल तेश्रो स्थानको लागि समेत २–० ले पराजित बन्यो। सन २००३ मा समेत समूह चरणमा ३–२ गोल अन्तरले पराजित बन्यो। २००८ मा ४–१ ले हारेको नेपाल २००९ र २०११ मा भने समुह चरणमा १–१ को बराबरी खेल्न सफल भयो। साफ च्याम्पियनसिपमा माल्दिभ्सबिरुद्ध जितविहीन नेपालका लागि पहिलो जित निकाल्ने अवसर हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार