इलाम । रोल्पा तरुणदल अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै नेपाल तरुणदल इलामले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
गत २४ गते आईतबार नेकपा वाईसीयल कार्यकर्ता देव घर्ती लगायतको समुहले पुनको निर्मतापूर्वक हत्या गरेको तरुण दलले जनाएको छ । घटनाको निन्दा गर्दै तरुणदल इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन बुझएको तरुणदल इलामका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
तरुणदलले ज्ञापन पत्र बुझाउदै दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । तरुणदलले सत्ता र शक्तिको दुरुपयोग गर्दै बिधिको शासन बिपरीत कायरतापूर्ण हत्याको निन्दा गरेको छ । तरुण जिल्ला अध्यक्ष श्रेष्ठले दोषीलाई कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।