Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा स्पोर्टस अवार्डको कार्यक्षेत्र अब पुर्वका ४ जिल्ला

झापा स्पोर्टस अवार्डको कार्यक्षेत्र अब पुर्वका ४ जिल्ला

  • नमीन ढकाल
  • बिहिबार, भाद्र २१ २०७५


झापा स्पोर्टस अवार्डको कार्यक्षेत्र अब पुर्वका ४ जिल्ला

इलाम । खेलकुद पत्रकार मञ्च झापाले साविकको मेची अञ्चलका ४ वटै जिल्लालाई समेटेर स्पोर्टस अवार्ड वितरण गर्नेभएको छ । गत बर्ष झापा जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर अवार्ड वितरण सुरु गरेको मञ्चले यस बर्षबाट कार्यक्षेत्र विस्तार गरेको हो । आगामी माघ ७ गते झापाको विर्तामोडमा विभिन्न ६ विधामा अवार्ड वितरण गरिनेछ ।

यस बर्षको उत्कृष्ट पुरुष बर्ष खेलाडीले पुरस्कार स्वरुप एक थान मोटरसाइकल र ट्रफी पाउनेछ । महिला बर्ष खेलाडीलाई स्कुटर र ट्रफी प्रदान गरिनेछ । दुवै पुरस्कार झापा–११ फुटबल क्लबका अध्यक्ष एवम समाजसेवी जलकुमार गुरुङले गरेका छन । मेची स्पोर्टस अवार्डका उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाईस र लाइफ टाइम एचिभमेन्ट अर्वाड प्राप्त गर्नेहरुले २५ हजार प्रदान गरिनेछ ।

२०७४ सालमा खेलकुद क्षेत्रमा पु¥याएको योगदान र सहभागी भएका प्रतियोगिताहरुलाई आधार मानेर मुल्याङकन गरिने समितीका सदस्य हिमाल खरेलले बताए । पिपुल च्वाइस अर्वाड खेलकुद पत्रकारहरुको भोटको आधारमा गरिनेछ भने लाइफ टाइम्स एचिभमेन्ट अर्वाड आयोजकहरुको विधी र प्रक्रिया अनुसार छनौट गरिनेछ ।

कार्यक्रम सम्पन्न गर्न अर्वाड र पुरस्कार बाहेक १२ लाख २५ हजार रुपैया खर्च हुने अनुमान गरिएको मञ्चका सल्लाहकार एवम प्राविधक उपसमिती संयोजक इन्द्रजित मुखियाले बताए । अर्वाडमा मनोनयनमा सहभागी हुने खेलाडी एवम प्रशिक्षकहरुले जिल्ला तहबाट खेल क्षेत्रमा योगदान दिएको हुनुपर्नेछ । जिल्लाबाट राखेपको कुनै पनि एक प्रतियोगितामा समेत सहभागी नभएकाहरुलाई अयोग्य घोषित गरिने मुखियाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार