फिक्कल । सुर्योदय नगरपालिका– १० फिक्कल निबासी टोलीमाया फागोले प्राथमिक स्वास्थ्य केन्द्र फिक्कललाई अक्सिजन कन्सनटेन्ट निशुल्क उपलब्ध गराएकी छिन ।
आज एक कार्यक्रमका बिच उक्त मेसिनरी हस्तान्तरण गराउनु भएको हो ।वहाँका श्री मान राम गुरुजीको ४५ औ पुण्यतिथीको अबसर पारेर एक लाख पच्चीस हजार बराबरको मेसिनरी सामाग्री उपलब्ध गराएकी हुन । बिरामीका लागी अक्सिजन लगाउन प्रयोग गरिने मेसिन यो बाहेक दुईवटा प्रयोगमा आइरहेको डा पङकज कुमार यादबले बताए ।
कार्यक्रम वडा नम्बर १० का अध्यक्ष एवम अस्पताल ब्याबस्थापन समितिका अध्यक्ष्। पेमाउगेन लामाको अध्यक्ष्।तामा सम्पन्न भएको थियो । कार्यक्रममा एभरल्यान्ड एकाडेमीका प्रिन्सिपल प्रकाश भक्तराज, साइज्योती बोर्डिङका प्रिन्सिपल रन्जित श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।