Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कन्याम दुग्द्य चिस्यान केन्द्रको साधारणसभा सम्पन्न

कन्याम दुग्द्य चिस्यान केन्द्रको साधारणसभा सम्पन्न

  • विवेक घिमिरे
  • शनिबार, भाद्र १६ २०७५


कन्याम दुग्द्य चिस्यान केन्द्रको साधारणसभा सम्पन्न

फिक्कल । इलामको सुर्योदय नगरपालिका–८ कन्याममा रहेको कन्याम दुग्द्य चिस्यान तथा प्रशोधन केन्द्रको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष इकाराम प्रधानको अध्यक्षतामा भएको साधारणसभाका प्रमुख अतिथी प्रदेश नं १ का साँसद काजीमान कागते रहेका थिए ।

उपाध्यक्ष भुपेन्द्र अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रेमसागर भट्टराईले ६ करोड १२ लाख ३६ हजार ९८५ रुपैयाको आयव्यय प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक बर्षमा ६ लाख ३२ हजार ७७५ रुपैया नाफा आर्जन गरेको थियो । संस्थाको भावी कार्ययोजनाको बिषयमा व्यवस्थापक रविन निरौलाले प्रस्तुत गरेका थिए संस्थाले गुणस्तरिय दुध विक्री गर्ने र उत्कृष्ट सहकारी संस्थाको रुपमा अम्बी दुग्द्य उत्पादक सहकारी संस्थालाई नगद रु ७ हजार ०१ र १० हजार १ रुपैया प्रदान गरेको छ ।

त्यसैगरी सरसफाइमा उत्कृष्ट मनकामना दुग्द्य उत्पादक सहकारी संस्था, बढी दुध सम्झौता गर्ने श्री प्रगती बहुद्धेश्य सहकारी संस्थालाई जनही ७ हजार १ रुपैया, उत्कृष्ट किसान कन्यामका प्रेमबहादुर तामाङ र लेखनाथ खडकालाई जनही १० हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वडा नं ७ का अध्यक्ष लेखनाथ खडका, केन्द्रिय दुग्द्य सहकारी संस्थाका सदस्य निरबहादुर प्रधान र प्रमुख अतिथी कागतेले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार