Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रथम इण्डो–नेपाल कराते प्रतियोगितामा इलाम र विराटनगरका २६ खेलाडी सहभागी हुने

प्रथम इण्डो–नेपाल कराते प्रतियोगितामा इलाम र विराटनगरका २६ खेलाडी सहभागी हुने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १५ २०७५


प्रथम इण्डो–नेपाल कराते प्रतियोगितामा इलाम र विराटनगरका २६ खेलाडी सहभागी हुने

इलाम । भारतको कालेम्पोङमा भदौ १७ र १८ गते इण्डो–नेपाल कराते प्रतियोगितामा इलामबाट १८ जना खेलाडी सहभागीता जनाउने भएका छन । जिल्ला कराते संघ इलामका अध्यक्ष योगेश चाम्लिङका अनुसार इलामबाट काता र कुमुते विद्यामा क्षितिज राई, सेमिङ राई, दिवाकर प्रधान, अनमोल राई, हिमाल भण्डारी, प्रनु सैजु, सोनाम राई, दिशान्त राई, सविन मगर, दिनेश मगर र सौगात राई सहभागी हुँदैछन ।

त्यसैगरी इलामका रञ्जिता लेप्चा, समिक्षा लेप्चा, सफलता प्रधान, प्रिती बस्नेत, सुस्मा राई, रोस्ना लेप्चा, विमोचना गुरुङ र कजुना राई सहभागी हुने भएका हुन । नेपालको तर्फबाट इलामबाट १८ खेलाडी सहभागी हुँदैछन । विराटनगरका ८ खेलाडीहरु सहभागी हुने जानकारी आएको चाम्लिङले बताए ।

इलामको नेतृत्व अध्यक्ष चाम्लिङ र विराटनगर टोलीको नेतृत्व विनोद राउतले गर्नेभएका छन । अफिसियल तर्फ प्रदिप प्रधान,प्रबिन सुब्बा,र विशाल चाम्लिङ रहेका छन । खेलाडीको टोली भोली शनिबार काकडभिट्टा हुँदै कालेम्पोङ तर्पm जाने छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार