ताप्लेजुङ । ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीतामा आजदेखी सेमीफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमीफाइनलमा रेड स्टार क्लब बिर्तामोड र राष्ट्रिय जागृती क्लब इटहरी भिड्दैछन् । खेल दिउँसो २ बजेपछि सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा हुँदैछ।
रेड स्टार क्लब झापा रेडहर्स क्लब इलामलाई पाखा लगाउँदै सेमीफाइनलमा पुगेको हो । राष्ट्रिय जागृती क्लब इटहरीले युनाइटेड खर्साङ एफसी दार्जिलिङ भारतलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको होे । विजेताले शुक्रबार हुने दोस्रो सेमीफाइनलको विजेतासँग शनिबार फाइनल खेल्नेछ । दोस्रो सेमीफाइनलमा न्यू स्टार क्लब झापा र चर्च ब्वाइज क्लब काठमाडौं प्रतिस्पर्धा गर्दैछन् ।
१० टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।