Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको यस्तो क्षेत्र ‘जहाँ नेपाली फोन सेवा नै छैन’

इलामको यस्तो क्षेत्र ‘जहाँ नेपाली फोन सेवा नै छैन’

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १२ २०७५


इलामको यस्तो क्षेत्र ‘जहाँ नेपाली फोन सेवा नै छैन’

रोङ । इलाम जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि पूर्वी इलामको सिमावती गाउहरु सलकपुर, समाल्बुङ्ग , श्री अन्तु ,जिर्मलेका बासिन्दा वर्षौंदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । नेपाली भूमि भएर पनि सो क्षेत्रमा नेपाली मोबाइल सेवा उपलब्ध नहुँदा सर्वसाधारण भारतीय मोबाइल प्रयोग गर्न बाध्य छन् ।

नेपाली मोबाइलको सेवा नपाएपछि स्थानियबासिन्दा विकल्पको रूपमा भारतीय कम्पनीको मोबाइल प्रयोग गर्छन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै भए पनि भारतीय मोबाइलको नेटवर्क पनि खासै राम्रो छैन । पहाडी क्षेत्र बढी भएकाले भारतीय नेटवर्क समेत प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ । कतैकतै नेटवर्क टिप्ने भएकाले त्यसैबाट काम चलाइने गरिएको स्थानीयवासी बताउछन् ।

तीन सय ५० भन्दा बढी घरपरिवार रहेको सलकपुरका बासिन्दाले वर्षांैदेखि मोबाइल सेवा नपाएपछि भारतीय मोबाइलकै भर पर्नुपरेको छ । कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

झापाको काँकडभिट्टामा रिचार्ज कार्ड पाइने र मोबाइलमा ब्यालेन्स सकिँदैपिच्छे किन्न जाने झन्झटले पनि स्थानीय जनता महङ्गोमा कार्ड किन्न बाध्य भएका हुन् । सलकपुरमा सीमापारिको रिलायन्स, एयरटेल, एर्सियल, भोडाफोनजस्ता मोबाइल कम्पनीको नेटवर्क आउँछ ।

तर, नेपालको नमस्ते, युटिएल, स्काइ, एनसेललगायत कुनै पनि मोबाइलको नेटवर्क आउँदैन । मोबाइल सेवा नभएपछि गाउँमा उत्पादित कृषिउपज बिक्री गर्न समेत बाधा उत्पन्न हुने गरेको यहाँका किसानको दुखेसो छ ।  अहिले नेपाली सेवा प्रदायक कम्पनीहरुले सिमावती गाउहरु जिर्मले ,समाल्बुङ्ग श्री अन्तु लगायतको स्थानमा बि.टि एस राखेर संचालन गरेपछि भारतिय स्थानहरु मिरिक, सौरेनी , नक्शालबाडी देखी सिलिगुडी सम्म पनि नेपाल टेलिकमको पहुच रहेको पाइएको छ ।

तर पनि नेपाली सेवा प्रदायक कम्पनिहरुको भन्दा धेरै सस्तो रहेको र नेपाल भारतको अन्र्तदेशिय कल महंगो भएकोले पनि भारतिय फोनहरु तत्काल विस्थापन नहुने समाल्बुङ्गका कृष्ण तामाङ्गको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार