Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामको दक्षिणि क्षेत्रका पशुहरुमा खोरेत र रेबिजको प्रकोप

इलामको दक्षिणि क्षेत्रका पशुहरुमा खोरेत र रेबिजको प्रकोप

  • सुजन तिमल्सिना
  • सोमबार, भाद्र ११ २०७५


इलामको दक्षिणि क्षेत्रका पशुहरुमा खोरेत र रेबिजको प्रकोप

इलाम । इलामको दक्षिणि क्षेत्रका किसानले पालेका सयौँ पशुहरुमा खोरेत र रेबिजको प्रकोप फैलिएको छ । स्वास्थ्य जाँचबिनै तराईका बजारबाट खरिद गरि पालनका लागि आयात गरिएका पशुहरुबाट गाई, भैसी र राँगाहरुमा रेबिज र खोरेत फैलिएको हो ।
झापासँग सीमा जोडिएका इलामका किसानले झापाको आइतबारे, घैल्लाडुब्बा, दमकका बजारबाट पशुहरुको खरिद गर्दा स्वास्थ्य जाँच नगरी आयात गरिएका कारण रोगको प्रकोप बढेको माई नगरपालिकाका पशु प्राविधिक हरि कट्टेलले बताउनुभयो ।
स्वास्थ्य जाँच बिनै पशु खरिद गरि ल्याएपछि दक्षिणि इलामको माई नगरपालिका र चुलाचुली गाउँपालिका बढी खोरेत र रेबिजको प्रकोप बढेको हो । पशु प्राविधिकका अनुसार माई नगरपालिको तीन वडामा माहामारिकै रुपमा सयौँ पशुहरुमा खोरेत र रेबिजको रोग फैलिएको छ । रोग नियन्त्रणका लागि चालु आर्थिक वर्षमा ८ हजार पशुहरुमा भ्याक्सिन लगाइएपनि दैनिक ५० वटा पशुहरुमा खोरेत र रेबिज रोगको संक्रमण बढ्दै गएको दक्षिणि माई नगरपालिका पशु शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार