इलाम,। इलाम नगरपालिका वडा नं। ६ बरबोटेस्थित अमर माध्यमिक विद्यालय स्काउट दल समितिमा अमर ट्रुपका ५० जना स्काउटहरुको दिक्षान्त कार्यक्रम समारोह सम्पन्न भएको छ । इलाम जिल्लाका स्काउट आयुक्त कृष्णकुमार घलेको उपस्थितिमा दिक्षान्त समारोह समपन्न भएको हो ।
उक्त विद्यालयका प्रधानाध्यापक तथा स्काउट दल समितिका अध्यक्ष सोमनाथ निरौलाको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख होमनाथ भण्डारीको उपस्थिति रहेको थियो । दिक्षान्त समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेल, विद्यालयका सहायक प्रधानाध्यापक जयनारायण भट्टराई, छिमेकी विद्यालयका स्काउट शिक्षकहरले दिक्षान्त कार्यक्रममा शुभकामना राखेका थिए ।
दिक्षान्त कार्यक्रम पछि स्काउट विद्यार्थीहरुमा स्वयम सेवी भावना जागृत गराउन, जीवन उपयोगी क्रियाकलापहरुमा संलगन गराउन, निस्वार्थ भावनाको विकास गराउन आधारभूत कोर्ष पुरा गर्नको लागि एकदिने क्याम्पिङ समेत आयोजना गरिएको अमर माविका स्काउट शिक्षक अर्जुन शर्माले जानकारी दिएका छन् ।