Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रेड हर्स इलामलाई हराउँदै रेड स्टार क्लव झापा सेमीफाइनलमा प्रवेश

रेड हर्स इलामलाई हराउँदै रेड स्टार क्लव झापा सेमीफाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १० २०७५


रेड हर्स इलामलाई हराउँदै रेड स्टार क्लव झापा सेमीफाइनलमा प्रवेश

ताप्लेजुङ । रेडहर्स क्लब इलामलाई पराजित गर्दै  रेड स्टार क्लव झापा ताप्लेजुङमा जारी तेस्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धामा रेडहर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापाले विदेशी खेलाडी मार्टिन्स र ग्लोरीको गोलको मद्धतले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । इलामका तर्फबाट इन्जूअरी समयमा संजय धिमालले सान्त्वना गोल गरे ।

खेलको म्यान अफ दि म्याच झापाका विवेक पौडेल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । सोमबार न्यू स्टार क्लब झापा र कर्णसिंह सोनाम क्लब ताप्लेजुङबीच खेल हुने आयोजकले जनाएको छ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख १ हजार १ सय ११ र उपविजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी भदौ १६ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार